Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालआनन्दमार्गका प्रवर्तक तारक ब्रम्ह श्री श्री आनन्दमूर्तिको जन्मशताब्दी मनाइयो

आनन्दमार्गका प्रवर्तक तारक ब्रम्ह श्री श्री आनन्दमूर्तिको जन्मशताब्दी मनाइयो


काठमाडौं ।
नेपाललगायत विश्वका एक सय ६० वटाभन्दा धेरै देशमा आनन्दमार्गका प्रवर्तक तारक ब्रम्ह श्री श्री आनन्दमूर्तिको जन्मशताब्दी महोत्सव मनाइएको छ । साथै सयौँ घण्टा अखण्ड कीर्तन ‘बाबा नाम केवलम’ तथा धर्म महासम्मेलन पनि अनलाइनमार्फत सम्पन्न गरिएको छ ।

आनन्दमार्गका प्रवर्तक तारक ब्रम्ह श्री श्री आनन्दमूर्तिको जन्मशताब्दी महोत्सव जेठ १२ गते राँचीको हेहलस्थित आनन्दमार्ग गुरु निवास मधु मञ्जुषाबाट प्रत्यक्ष प्रसारण गरी संसारभर मनाइएको थियो । दीप प्रज्ज्वलित गरी, शंखध्वनीको साथ धर्मचक्र गरिएको थियो । जन्मशताब्दीकै सन्दर्भमा जेठ २१, २२ र २३ गतेसम्म धर्म महासम्मेलनको पनि आयोजना गरिएको थियो । कार्यक्रम माइक्रोसफ्टको टीम एपबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

धर्म महासम्मेलनमा आनन्दमार्ग प्रचारक संघका पुरोधा प्रमुख आचार्य विश्वदेवानन्द अवधूतले अनुयायीहरूलाई सम्बोधन गरेका थिए । यसै अवसरमा विश्वका विभिन्न देशहरूमा रहेका आनन्दमार्गका साधकहरूले मिलित रूपमा पुनः ७२ घण्टाको अखण्ड कीर्तन ‘बाबा नाम केवलम’को पनि आयोजना गरेका थिए । साथै आनन्दमार्ग प्रचारक संघकै महिला कल्याण विभाग, दिल्ली सेक्टरले पनि पाँच दिने शैक्षिक, सामाजिक र आध्यात्मिक कार्यक्रमको आयोजना गरेको थियो । उक्त सबै र्कायक्रमहरूमा नेपालको पनि प्रतक्ष्य सहभागिता रहेको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया