Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालदुगडद्वारा मजदुरलाई खाद्यान्न वितरण

दुगडद्वारा मजदुरलाई खाद्यान्न वितरण


काठमाडौं ।
केएल दुगड समूहले विराटनगरस्थित विराटनगर बसपार्कमा कार्यरत मजदुरहरुलाई दाल, चामल, तेल, नुनलगायत खाद्य सामग्रीहरु वितरण गरेको छ । कोरोना महामारीले गर्दा बसपार्कमा दैनिक ज्यालादारी गर्ने मजदुरहरु समस्यामा परेकोले उनीहरुलाई राहतस्वरुप खाद्य सामग्री वितरण गरिएको दुगड समूहले जनाएको छ । मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलामार्फत मजदुरहरुलाई खाद्य सामग्री वितरण गरिएको कम्पनीले बताएको छ ।

केएल दुगड समूहले कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा दैनिक चार सय जना बिरामी कुरुवाहरुलाई खाना खुवाउने कार्यक्रममा पनि दाल तथा चामल खाद्यान्न सहयोग गरेको छ । उक्त कार्यक्रम २०७८ असार मसान्तसम्म रहनेछ भने नेपालगञ्जस्थित भेरी अस्पतालमा सञ्चालित सहुलियत भोजन कार्यक्रममा पनि दाल, चामल तथा पिठो सहयोग गरीरहेको छ ।

उक्त सहयोगले उक्त अस्पतालमा सञ्चालित भोजन जम्मा २० रुपैयाँमा खाना उपलब्ध हुँदै आएको छ । यस्तो कोरोना महामारीले गर्दा दैनिक ज्यालादारी गरी जीवन गुजार्ने व्यक्तिहरुलाई राहत पुगोस् भन्ने हिसाबमा सहयोग गरिएको कम्पनीले जनाएको छ । अन्य स्थानमा पनि सहयोग गर्दै जाने योजना रहेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया