Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकोभिडले बन्द नर्भिकको ओपीडी आइतबारदेखि सञ्चालनमा आउने

कोभिडले बन्द नर्भिकको ओपीडी आइतबारदेखि सञ्चालनमा आउने


काठमाडौं ।
थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आउने आइताबरदेखि बन्द रहेको ओपीडी सेवा पूर्ण रुपमा पुनः सञ्चालनमा ल्याउने भएको छ । कोभिड १९ को दोस्रो लहरको संक्रमण तीव्र बनेसँगै बिरामीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर नर्भिकले ओपीडी सेवा बन्द गरेको थियो ।

पछिल्लो समय कोभिड संक्रमण निरन्तर घटिरहेको छ । कोभिड संक्रमण घटेसँगै अस्पतालमा उपचारका लागि आउने ननकोभिड बिरामीहरुको चाप ह्वात्तै बढेको छ । कोभिडका बिरामीको संख्या घट्नु र ननकोभिडका बिरामीको संख्या ह्वात्तै बढेपछि उनीहरुको स्वास्थ्य सेवालाई ध्यानमा राखी निजी अस्पताल सञ्चालकहरुको छाता संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)को निर्णयअनुसार नर्भिकले ओपीडी सेवा पुनः सुचारु गर्ने भएको हो ।

नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार अस्पतालमा आउने बिरामीहरुको स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर पूर्ण रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनासहित ओपीडी सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । आइतबारदेखि नर्भिकमा कोभिडको दोस्रो लहर फैलिनुअघि सञ्चालनमा रहेका बहिरंग विभागअन्तर्गतका सबै सेवा उपलब्ध हुनेछन् । नर्र्भिकको यो निर्णयबाट कोभिड संक्रमणका कारण समयमै उपचार नपाएका ननकोभिड बिरामीहरुले राहात पाउने सिंहको अपेक्षा छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया