Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकाठमाडौँ म्यारियट होटेलद्वारा चक्र स्मृति पाठशालाका विद्यार्थीहरुलाई राहत प्रदान

काठमाडौँ म्यारियट होटेलद्वारा चक्र स्मृति पाठशालाका विद्यार्थीहरुलाई राहत प्रदान


काठमाडौं ।
काठमाडौँ म्यारियट होटलले कतार हर रोयल हाइनेस शेख आश्मा अल थानी र किवानीस इन्टरनेशनल नेपालको संयुक्त सहयोगमा चक्र स्मृति पाठशालाका विद्यार्थीहरुलाई खाद्यान्न सामाग्री र सरसफाईका सामानहरु वितरण गरेको छ । सि.एम. पाठशाला गोकर्नेश्वर, जोरपाटीमा अवस्थित एक सानो गैर–नाफामुखी संस्था हो, जसले मजदुरुहरुको बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आइरहेको छ ।

यस संस्थाले हाल ५५ बालबालिकाहरुलाई शिक्षा प्रदान गर्दै आएको छ । म्यारियट इन्टरनेशनलले विभिन्न ३ सय ६० कार्यव्रmमहरु म्यारियटकोे मार्गनिर्देशनको पालना गर्दै कामहरु गरिरहेको छ । म्यारियटको २०२५ सस्टेनेबिलिटी एण्ड सोसियल इम्प्याक्ट गोल्सको दायरामा रहेर काठमाडौँ म्यारियट समुदायमा सकरात्मक र दिगो प्रभावको सिर्जना गर्न प्रतिबद्ध रहेको जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया