Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालविराट नेपाल मेडिकल ट्रष्टद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

विराट नेपाल मेडिकल ट्रष्टद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण


जनकपुरधाम ।
विराट नेपाल मेडिकल ट्रष्टले स्वास्थ्य कार्यालय महोत्तरीमार्फत कोरोना महामारीको समयमा क्षयरोगीलाई उपचार गर्ने स्वास्थ्यकर्मी तथा क्षयरोगी विपन्न बिरामी स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । जिल्लाका १५ स्थानीय तहका लागि उक्त स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको हो । ट्रष्टका प्रोजेक्ट कोडिनेटर डा. मनोज कुमार साहले स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख भोला यादवलाई छ लाख रुपैयाँबराबरको स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीलाई प्रदान गरिएको सामानहरुमा पीपीई, सर्जिकल मास्क, केएन९५ मास्क, ग्लोभ्स, फेस सिल्ड, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री रहेका छन् । त्यस्तै ट्रष्टले एक सय जना क्षयरोगीका विपन्न बिरामीलाई हाइजेनिक किट दिने भएको छ । विराट नेपाल मेडिकल ट्रष्टले इम्पेक्ट टीबी परियोजनाअन्तर्गत क्षयरोग नियन्त्रणको काम विगत चार वर्षदेखि गर्दै आइरहेको छ ।

विगतको वर्षहरुमा पनि ट्रष्टले क्षयरोगीलाई खाद्यान्न र स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । साथै क्षयरोगका बिरामी पत्ता लगाउन जिल्ला स्वास्थ्य कार्यालय ल्याब, रामगोपालपुर र गौशाला प्राथमिक स्वास्थ्य कोन्द्रलाई पाँच महिनाको लागि एक–एक जना ल्याब कर्मचारी खटाइएको कार्यक्रम संयोजक डा. साहले बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया