Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्नेलाई एक लाख पुरस्कार

नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्नेलाई एक लाख पुरस्कार


काठमाडौं
राष्ट्रिय क्रिकेट टोलीको उत्कृष्ट जर्सी डिजाइन गर्नेलाई माई सेकेन्डटिचर (एमएसटी)ले पुरस्कारस्वरुप नगद एक लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचरले राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धा खुल्ला गरेसँगै उक्त घोषणा गरिएको हो ।

डिजाइन गर्नेले जर्सीको अगाडि र पछाडिको भाग दुवैलाई ध्यानमा राखेर डिजाइन गर्नुपर्ने हुन्छ । जर्सीको डिजाइन गर्दा नेपालको राष्ट्रिय झण्डामा प्रयोग हुने रातो र निलो रङ्गको प्रयोग गर्नुपर्ने क्यानले जनाएको छ । डिजाइनरले जर्सीको डिजाइन गर्दा राष्ट्रिय टोलीले पालना गर्नुपर्ने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नियमअनुसार नै डिजाइन गर्नुपर्ने हुन्छ । क्यान र एमएसटीले सोमबार एक संयुक्त विज्ञप्ति जारी गर्दै जर्सीको डिजाइनका लागि प्रतिस्पर्धा खुल्ला गरेको थियो ।

यस्तै क्यानले विज्ञापन एजेन्सी एड प्याडमार्फत माई सेकेन्ड टिचरलाई राष्ट्रिय टोलीको प्रमुख प्रायोजकको रुपमा पाएको हो । नेपालले जुलाईमा विश्वकप लिग टु अन्तर्गतको स्पेनमा आयोजना हुने आफ्नो दोस्रो शृंखलामा स्कटल्याण्ड र नामिबियाको सामना गर्नेछ । आफ्नो डिजाइन दिने अन्तिम मिति यसै महिनाको १७ तारिखसम्म रहेको छ । डिजाइन क्यानको इमेलमा गर्न पर्ने हुन्छ भने यससम्बन्धी सम्पूर्ण जानकारी क्यानको वेबसाइटमा पनि राखिएको क्यानले जनाएको छ ।

यस्तै माई सेकेन्ड टिचरले यसै महिनाको सुरुवातमा आयोजना भएको नेपाल, नेदरल्याण्डले र मलेसिया सम्मिलित त्रिकोणात्मक शृंखलाको उपाधि जित्ने नेपाली टोलीलाई नगद पाँच लाखका साथै उक्त शृंखलाको क्रममा डेब्यु गर्ने चार जना खेलाडीहरू, कुशल भुर्तेल, आसिफ शेख, शाहब आलम र कमल सिंह ऐरीलाई जनही नगद एक लाख केही दिनमा नै हस्तान्तरण गर्ने जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया