Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल‘हाम्रो परिवार, राम्रो परिवार’द्वारा हेलम्बु गाउँपालिका बाढीपहिरो पीडितलाई राहत वितरण

‘हाम्रो परिवार, राम्रो परिवार’द्वारा हेलम्बु गाउँपालिका बाढीपहिरो पीडितलाई राहत वितरण


काठमाडौं ।
‘हाम्रो परिवार राम्रो परिवार’ले सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावितहरूलाई राहत सामग्री वितरण गरेको छ । हाम्रो परिवार राम्रो परिवारका सचिव दिपेन्द्र खण्डको नेतृत्वमा गएको राहत वितरण टोलीले सोमबार हेलम्बु गाउँपालिका–१, २ र ३ मै पुगेर राहत बाँडेका हुन् ।

उक्त क्षेत्रका वास्तविक पीडितले आजसम्म कुनै राहत नआएको गुनासो गरेका थिए । राहत सामग्री बोकेर हाम्रो परिवार राम्रो परिवारको टिम सोमबार बिहान सिन्धुपाल्चोकको हेलम्बु लागेको थियो । खाद्य, स्वास्थ्य तथा बासका राहत बोकेर हेलम्बु पुगेको यो पहिलो टोली थियो । सिन्धुपाल्चोकका बाढी–पहिरो पीडितलाई सहयोग गर्न सरकारले तदारुकता नदेखाइरहेका बेला उनीहरू राहत बाँड्न तत्पर भएका हुन् । राहत ग्रहण गर्दै वडा अध्यक्ष छिरिङ ग्याल्पो लामाले आजसम्म पनि राहत नआएकोमा पहिलो राहत हाम्रो परिवार राम्रो परिवारले ल्याएको बताए ।

राहत वितरण टोली हाम्रो परिवार राम्रो परिवारको सचिव खण्कासहित कोषाध्यक्ष सोनी बस्नेत, सुमी बस्नेत, निता क्षेत्री, राम कार्की, गोपाल सुवेदी, अनोज पण्डित, उत्तम कार्की, अनिता खत्री, गीता थापा र सिन्धुपाल्चोक जिल्लाको हाम्रो परिवार राम्रो परिवारको टिम बालकृष्ण चौलागाईं, अर्जुन आचार्य, प्रशान्त चौलागाईं, बाबुराम भट्टराईलगायत सहभागी थिए । जिल्ला समन्वय समितिकी सदस्य विमला भण्डारीका अनुसार यो वडामा पूर्णरुपमा एक सय ५० घर प्रभावित भएको जानकारी गराइन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया