Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालयोङ बिजनेस एक्जिक्युटिभ फोरम गठन

योङ बिजनेस एक्जिक्युटिभ फोरम गठन


काठमाडौं ।
आयात निर्यातकर्ता व्यवसायीहरुको छाता संगठन नेपाल समुद्रपार निकासी पैठारी संघअन्तर्गत योङ बिजनेस एक्जिक्युटिभ फोरम (वाईबीईएफ) गठन भएको छ । संघको युवा विभागको रुपमा गठित फोरमको नेतृत्व गौरव सारडाले गरेका छन् । संघले सारडालाई वाईबीईएफको अध्यक्षको जिम्मेवारी तोकेको छ ।

फोरमको उद्देश्य गतिशील युवा व्यावसायिक नेतृत्व विकास गर्नु रहेको संघले जनाएको छ । ज्ञान आदानप्रदान, नविन विचारको प्रवर्द्धन तथा व्यावहारिक सिकाइ र सूचना आदानप्रदानमार्फत व्यवसाय क्षेत्रमा सक्षम युवा नेतृत्व तयार गर्ने उद्देश्यले फोरम गठन गरेको संघका अध्यक्ष सुनिलकुमार वंशलले जानकारी दिए ।

फोरमले युवा व्यवसायीलाई व्यवसायका असल अभ्यासहरु सिकाउँदै उनीहरुको दक्षता र क्षमता प्रवद्र्धन गर्नेछ । यसले गतिशील कर्पोरेटजगतको चुनौती सामना गर्नसक्ने नेतृत्व तयार हुने विश्वास संघले लिएको छ । फोरमको सल्लाहकारमा सुशील गुप्ता छन् । उपाध्यक्षमा जयन्त अग्रवाल र महासचिवमा सुमितकुमार वंशल (धानुका) रहेको संघले जानकारी दिएको छ ।

त्यसैगरी, द्विपक्षीय व्यापार र सम्बन्धको जिम्मेवारी सलोनी सेठियाले पाएकी छिन् । आयात निर्यात व्यापार प्रावर्द्धन विभागको जिम्मेवारी प्रवेश अग्रवाललाई र नेटवर्क तथा सदस्यता अभियानको जिम्मेवारी कुशलसुन्दर श्रेष्ठलाई दिइएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक समारोहमा संघका अध्यक्ष वंशलले ब्यानर अनावरण गरी फोरम सार्वजनिक गरेका हुन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया