Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमाई सेकेण्ड टिचरद्वारा राष्ट्रिय क्रिकेट टोलीलाई ५ लाख र ४ डेब्युटेन्ट्सलाई जनही १ लाख प्रदान

माई सेकेण्ड टिचरद्वारा राष्ट्रिय क्रिकेट टोलीलाई ५ लाख र ४ डेब्युटेन्ट्सलाई जनही १ लाख प्रदान


काठमाडौं ।
माई सेकेन्ड टिचरले प्रोत्साहन र सम्मानस्वरुप राष्ट्रिय क्रिकेट टोलीलाई पाँच लाख र चार डेब्युटेन्ट्सलाई जनही एक लाख रुपैयाँ प्रदान गरेको छ । गत वैशाखमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीच सम्पन्न भएको त्रिदेशीय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको राष्ट्रिय क्रिकेट टोलीलाई बिहीबार एक समारोहबीच मुख्य प्रायोजक माई सेकेन्ड टिचरले नेपाली क्रिकेट टोलीलाई नगद पाँच लाख र सो प्रतियोगितामा डेब्यु गरेका चार खेलाडीलाई जनही एक लाख प्रदान गरेको हो ।

प्रतियोगिताको फाइनलमा घोषणा गरिएको सो पुरस्कार निषेधाज्ञाका कारण बिहीबार मात्र हस्तान्तरण गरिएको हो । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम, कीर्तिपुरमा आयोजित उक्त प्रतिस्पर्धात्मक सिरिजमा मलेसिया र नेदरल्याण्ड्सलाई पराजित गर्दै नेपाल सिरिजको शीर्ष स्थान हासिल गर्न सफल भएको थियो । आउँदो जुलाईमा स्पेनस्थित आयोजना हुन गइरहेको विश्वकप लिग टुमा नेपालले दोस्रो शृंखलामा स्कटल्याण्ड र नामिबियाको सामना गर्नेछ । समारोहका बीचमा नेपालका सर्वोत्कृष्ट खेलाडी ज्ञानेन्द्र मल्लले नेपालको उत्कृष्ट प्रदर्शनमा खुसी व्यक्त गर्दै आउँदो दिनहरुमा पनि नेपालको प्रदर्शन विशिष्ट र सन्तोषजनक रहने दाबी गरेका थिए ।

समारोहका बीच इन्नोभेट टेकका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले ट्राई नेसन सिरिजमा नेपालको उत्कृष्ट प्रदर्शन देख्दा निकै गर्वशाली महसुस भएको बताए । नेपाली क्रिकेट टोलीको खेलको स्तरोन्नति र खेलाडीहरुको आत्मविश्वास देख्दा अन्तर्राष्ट्रिय खेलकुदजगत्मा नेपाल चाँडै फस्टाउने कुरामा निकै आशावादी रहेको उनको भनाइ थियो । साथै, माई सेकेन्ड टिचरले नेपाली शैक्षिक क्षेत्रको मात्रै नभई नेपाली खेलजगत्को स्तरोन्नति तथा नेपाली खेलाडीको मनोबल उच्च गराउन आगामी दिनहरुमा पनि विभिन्न किसिमका कार्यक्रमहरु आयोजना गरी खेलकुद क्षेत्रमा आमूल परिवर्तन ल्याउने कुरामा प्रतिबद्ध रहेकोे पनि उनले जानकारी दिए ।

नेपालको शैक्षिक क्षेत्रको स्तरोन्नतिमा लागिपरेको यस ई लर्निङ प्लेटफर्मले नेपाली खेलकुद एवम् नेपाली युवावर्गको विशिष्ट प्रतिभामा समेत विशेष ध्यानाकर्षण गर्दै उनीहरुको योग्यताको सही पहिचान तथा हौसलामा बढावा दिई यस प्रतिस्पर्धाको आयोजना गरेको हो ।

वैशाख १ गतेदेखि देशभर ई लर्निङ प्लेटफर्म माई सेकेन्ड टिचर (एमएससी) नेपाली शैक्षिक क्षेत्रमा आमूल परिवर्तनको उद्देश्यसहित उपलब्ध गराइएको थियो । नेपालको शैक्षिक गुणस्तरको सुधार एवम् स्तरोन्नति अपरिहार्य रहेको पहल गर्दै इन्नोभेट टेकका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले उक्त प्लेटफर्म नेपालको शैक्षिक क्षेत्रका लागि कोशेढुंगा साबित हुने बताएका थिए । यस प्लेटफर्ममा अनलाइन ट्युटर सेवा, विद्यार्थीको सही मूल्यांकनका लागि आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग र त्यसअनुरुपको डाइगोनोस्टिक रिपोर्ट, क्षमता परीक्षणका निमित्त जुनसुकै समयमा अभ्यासका लागि अनलाइन टेस्ट पेपरलगायत अन्य थुप्रै विशेषताहरु छन् ।

नेपालकै शिक्षा नीतिलाई लक्षित गरी बनाइएको यस प्लेटफर्म विश्वभर २० विकसित देशका दर्जनौँ क्याम्ब्रिज विद्यालय एवम् विश्वविद्यालयका हजारौँ विद्यार्थी, शिक्षक तथा अभिभावकहरुले प्रयोग गर्दै आएका छन् । अमेजन वेब सर्भिसेसको ‘इडी स्टार्ट’ अवार्डबाट सम्मानित यो प्लेटफर्म सन् २०२० मा एसिया प्यासिफिक क्षेत्रका उत्कृष्ट १० इ–लर्निङ प्लेटफर्ममा शीर्ष स्थान हात पार्न सफल रहेको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया