Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालजेनेटिक ल्याबसहितको आधुनिक आईभीएफ सेन्टर सञ्चालनमा

जेनेटिक ल्याबसहितको आधुनिक आईभीएफ सेन्टर सञ्चालनमा


काठमाडौं ।
नर्भिक इन्टरनेशनल हस्पिटलले अत्याधुनिक सुविधा तथा प्रविधिसहित नेपालमै पहिलो जेनेटिक ल्याबसहितको अत्याधुनिक आईभीएफ एण्ड फर्टिलिटी सेन्टर सञ्चालनमा ल्याएको छ । बुधबार एक समारोहका बीच अत्याधुनिक आईभीएफ एण्ड फर्टिलिटी सेन्टरको उद्घाटन गरिएको हो ।

अस्पतालका संस्थापक अध्यक्ष वसन्तकुमार चौधरीकी पत्नी मीना चौधरी, अस्पतालका प्रबन्धनिर्देशक मेघा चौधरी तथा डा. नूतन शर्माले संयुक्त रुपमा रिबन काटेर आईभीएफ सेन्टरको उद्घाटन गरेका थिए । वरिष्ठ स्त्रीरोग तथा टेस्टट्युब बेबी विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्मा नेतृत्वको टिमले नर्भिक आईभीएफ एण्ड फर्टिलिटी सेन्टरबाट आधुनिक सेवा प्रवाह गर्नेछ ।

डा. शर्माका अनुसार नर्भिक अस्पतालको आईभीएफ एण्ड फर्टिलिटी सेन्टर नेपालका अस्पतालहरुमध्येकै अत्याधुनिक एवम् सुविधायुक्त रहेको छ । प्रि–जेनेटिक डाइग्नोसिसमार्फत स्वस्थ भू्रणको अवस्था पहिचान गरी गर्भाधारण गराउने गरिन्छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया