Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसूर्य नेपालद्वारा स्थानीयस्तरको कोभिड–१९ प्रकोप व्यवस्थापन कोषमा ५० लाखको सहयोग

सूर्य नेपालद्वारा स्थानीयस्तरको कोभिड–१९ प्रकोप व्यवस्थापन कोषमा ५० लाखको सहयोग


काठमाडौं । सूर्य नेपाल प्रालिले स्थानीयस्तरको कोभिड–१९ प्रकोप व्यवस्थापन कोषमा ५० लाखको सहयोग गरेको छ । कम्पनीले तनहुँका शुक्लागण्डकी नगरपालिका तथा र म्याग्दे गाउँपालिकाको ‘कोभिड–१९ प्रकोप व्यवस्थापन कोष’ मा क्रमशः ३० लाख र २० लाख गरी ५० लाख रुपैयाँ सहयोग गरेको हो ।

सूर्य नेपाल प्रालिको शेराटार (तनहुँ) स्थित कारखाना प्रबन्धक बाबुराम कार्कीले सोमबार एक कार्यक्रमका बीच सो रकम हस्तान्तरण गरेको हो । कारखाना प्रबन्धक बाबुराम कार्कीले सूर्य नेपाल प्रालिले यस क्षेत्रमा विभिन्न सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग जारी रहने बताए । कम्पनीको मानव संसाधन विभागका अञ्जन दुवाडीले यस क्षेत्रको दीर्घकालीन विकासको लागि स्थानीयसँग सहकार्य गर्दै अघि बढ्न तयार रहेको जानकारी दिए ।

कम्पनीले गत वर्ष पनि शुक्लागण्डकी नगरपालिका तनहूँको कोभिड–१९ प्रकोप व्यवस्थापन कोषमा १० लाख रुपैयाँ तथा सातवटै प्रदेशमा कोभिडविरुद्धको लडाइँमा सहयोग पु-याउन एक–एक करोड रकम प्रदान गरेको थियो । यस्तै कम्पनीले गत आवमा पनि म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकालाई १–१ थान एम्बुलेन्स प्रदान गरेको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया