Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालरेडबुल बिक्रीवितरण गर्ने चार जना पक्राउ

रेडबुल बिक्रीवितरण गर्ने चार जना पक्राउ


काठमाडौं । काठमाडौंको न्यूरोड, सिनामंगल, पुरानो बानेश्वर, कपन, गोठाटार लगायतका स्थानबाट निलो कलरको प्रतिबन्धित क्याफिनयुक्त शक्तिवद्र्धक पेय पदार्थ ’रेड बुल’ बिक्रीवितरण गरेको अभियोगमा चार जनालाई दुई सय दुईवटा कार्टुनमा रहेको चार हजार आठ सय ४८ थान रेडबुलसहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका बबरमहल बस्ने प्रणव स्टोर न्यूरोडका सञ्चालक ४४ वर्षीय रबिनराज श्रेष्ठ, काठमाडौं बूढानीलकण्ठ नगरपालिका–१० निलो पुल बस्ने ओखलढुंगा चम्पादेवी गाउँपालिका–३ घर भएका शक्तिमाता स्टोर कपनका सञ्चालक ३१ वर्षीय धन बहादुर श्रेष्ठ, रेड बुल ओसारपसारमा संलग्न काठमाडौं महानगरपालिका–११ गोंगबु बस्ने बाँके कोहलपुर नगरपालिका–९ घर भएका ३६ वर्षीय राजु पौडेल र काठमाडौं गोठाटार बस्ने सर्लाही हरिपुर नगरपालिका–१ घर भएका ३६ वर्षीय वीरेन्द्र चौधरी रहेका छन् ।

२०७६ असार २ मा प्रकाशित राजपत्र भाग ५ को सूचना १ को प्रकरण ४ को (ढ) बमोजिम क्याफिनयुक्त शक्तिवद्र्धक पेयपदार्थ र यस्तै प्रकारका पेयपदार्थहरूको बिक्रीवितरणलाई पूर्णरुपमा बन्देज गरिएकोमा काठमाडौंका होलसेल सप्लायर्स तथा मार्टहरूले बाह्य मुलुकमा उत्पादित रेडबुल ल्याई बिक्रीवितरण गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

उक्त दुई सय दुई कार्टुनमध्ये रबिनराजको स्टोरबाट ५९ कार्टुन, धन बहादुरको स्टोरबाट ५९ कार्टुन र बा.२१च १२५ नम्बरको टाटा पिकअप भ्यानमा राखी बिक्रीवितरण गरिरहेको अवस्थामा नयाँबस्ती गोठाटारबाट ८४ कार्टुन रेड बुल बरामद भएको हो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया