Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनर्भिकले हरेक शनिबार निःशुल्क ओपीडी सेवा दिने

नर्भिकले हरेक शनिबार निःशुल्क ओपीडी सेवा दिने


काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले अब प्रत्येक शनिबार निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार आउने शनिबारदेखि नै यो अभियानको थालनी हुनेछ ।

प्रत्येक साताको शनिबार कुनै विशेषज्ञ डाक्टरले दुई घण्टा निःशुल्क ओपीडी सेवा दिनेछन् । निःशुल्क ओपीडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ ।

प्रत्येक साताको शनिबारका लागि तोकिएको विशेषज्ञ डाक्टरले बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म बिरामीहरुको निःशुल्क जाँच गर्नेछन् । निःशुल्क ओपीडी सेवामा बस्ने विशेषज्ञ चिकित्सकहरुको विषयमा पूर्वजानकारी नर्भिक अस्पतालको वेबसाइट र फेसबुक पेजबाट गराइने अस्पतालले जनाएको छ ।

नर्भिक अस्पतालले आगामी शनिबारका लागि वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. कामाक्षा शाह र डा. मधु मास्केको निःशुल्क ओपीडी सेवा सञ्चालनको घोषणा गरेको छ । यो दिन मधुमेह रोगबाट पीडितहरुले निःशुल्क ओपीडी सेवा लिन सक्नेछन् ।

नर्भिक अस्पतालका सीईओ मिश्रले प्रत्येक शनिबार अलग–अलग विशेषज्ञहरुलाई फ्रि ओपीडी सेवामा प्रस्तुत गरिने उल्लेख गर्दै सम्बन्धित बिरामीहरुलाई भरपूर फाइदा लिन आह्वान गरेका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया