Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालदोधाराचाँदनी नगरपालिकामा अख्तियारको छापा

दोधाराचाँदनी नगरपालिकामा अख्तियारको छापा


कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको महेन्द्रनगरको टोलीले छापा हानेको छ । आर्थिक वर्ष २०७७–७८ मा योजना सम्पन्न नहुँदै बजेट भुक्तानी दिएको उजुरी परेपछि बुधबार अख्तियारको कार्यालय महेन्द्रनगरको टोलीले नगरपालिकामा छापा हानेर कागजपत्र नियन्त्रणमा लिएको हो ।

अख्तियार महेन्द्रनगरका सूचना अधिकारी हरिशचन्द्र जोशीले नगरपालिकाले सडक पूर्वाधारतर्फका केही योजनामा काम सम्पन्न नहुँदै भुक्तानी गरेको उजुरीपछि छापा हानिएको बताए । नगरपालिकाले गत आर्थिक बर्ष २०७७–०७८ मा सम्पन्न हुनुपर्ने सडक कालोपत्रेका योजनामा काम नसकिँदै भुक्तानी दिँदै अनियमितता गरेको दाबी गरिएको अख्तियारले जनाएको छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया