Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालबैंकिङ कसुरका श्रेष्ठ पक्राउ

बैंकिङ कसुरका श्रेष्ठ पक्राउ


काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २३ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी विनोद कुमार श्रेष्ठलाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक श्याम कुमार महतोका अनुसार बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी श्रेष्ठलाई भक्तपुरको काँडाघारीबाट सोमबार पक्राउ गरिएको हो ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १ स्थायी घर भएका ५६ वर्षीय श्रेष्ठउपर सात दिन कैद र २३ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भएको छ । ब्युरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले बैंकिङ कसुर (चेक बाउन्स) मुद्दामा उच्च अदालत तुलसीपुर, नेपालगञ्जबाट कसुरदार ठहर भई फरार रहेको अवस्थामा प्रतिवादी श्रेष्ठलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको, प्रहरी उपरीक्षक महतोले जानकारी दिए ।

प्रतिवादी श्रेष्ठले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी नबिल बैंकको चेक काटी दिई बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत तुलसीपुर नेपालगञ्जबाट वि.सं. २०७७ फागुन १२ गते प्रतिवादी श्रेष्ठको हकमा बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा सात दिन कैद र २३ लाख ५० हजार रुपैयाँ जरिवाना तोकिएको थियो । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया