Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालपर्यटक लोभ्याउन स्की महोत्सव

पर्यटक लोभ्याउन स्की महोत्सव


सुबास बस्नेत
दोलखा, माघ १०
कालिञ्चोक गाउँपालिकाको कुरी बजारमा दुई दिने स्की खेल महोत्सव हुने भएको छ । धार्मिक, सांस्कृतिक र प्राकृतिक रुपमा प्रसिद्ध दोलखाको कालिञ्चोक क्षेत्रमा प्रथम कुरी स्की स्नोबोर्ड च्याम्पियनशिप खेल महोत्सव हुने भएको हो । पछिल्लो समय युवाहरुलाई स्की खेलप्रति आकर्षित गर्दै दोलखालाई साहसिक खेलको केन्द्र बनाउने उद्देश्यका साथ स्नो बोर्ड प्रतिष्ठानको आयोजनामा कालिञ्चोक गाउँपालिका १ को कुरी क्षेत्रमा स्की खेल महोत्सव गर्न लागिएको बताइएको छ ।

प्रतिष्ठानले साहसिक खेलको विकास तथा पर्यटन प्रवर्द्धनका लागि विगत चार वर्षदेखि स्की तथा स्नोबोर्डक विभिन्न कार्यक्रम गर्दै आएको छ । स्की खेलप्रति रुचि राख्ने स्वदेशी तथा विदेशीहरुलाई लक्षित गरी शनिबार प्रतियोगिता गरिने प्रतिष्ठानका अध्यक्ष उत्सव पाठकले जानकारी दिए । उनका अनुसार बिहीबार र शुक्रबार आधारभूत स्की तालिम सञ्चालन गरिएको छ ।

सदरमुकाम चरिकोटबाट १८ किमिको दूरीमा करिब ३ हजार ४ सय ५० मिटर उचाइस्थित कुरी क्षेत्र हुने खेल महोत्सवका लागि छ लाख १८ हजार खर्च हुने इभेण्ट म्यानेजर सौगात थापाले जानकारी दिए । प्रतिष्ठानले यसअघि रोल्वालिङ, हुम्लाको सिमिकोट, डोल्पाको पुथा हिमचुली, सोलुखम्बुको मेरा पीक, मनांङको खाग्ङला ग्लेसीयर, मुस्ताङको मुक्तिनाथ आसपास र कास्कीको अन्नपूर्ण आाधारशिविर क्षेत्रमा स्की तथा स्नो बोर्डिङसम्बन्धी खेल गतिविधि तथा कार्यक्रम सञ्चालन गरिसकेको अध्यक्ष पाठकले जानकारी दिए ।

स्की तथा स्नो बोर्डिङलाई नेपालमा लोकप्रिय खेलको रुपमा विकास गर्दै युवाहरुको बीचमा स्थापित गरी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सम्मानजनक उपस्थिति कायम गर्न यस प्रकारको महोत्सव तथा तालिमले सहयोग पुग्ने बताइएको छ । विजयी खेलाडीलाई नेपाली स्की एशोसीयसनको सहयोगमा राष्ट्रिय प्रतियोगितामा सहभागी गराईने आयोजकले जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया