Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनेशनल बक्स अफिस तीज अवार्ड वितरण

नेशनल बक्स अफिस तीज अवार्ड वितरण


काठमाडौं । नेशनल बक्स अफिस तीज अवार्ड २०७८ भव्य रुपमा वितरण सम्पन्न भएको छ । बक्स अफिस इन्टरनेशनल ग्रुपको आयोजनामा आर्थिक वर्ष २०७७/०७८ मा रेकर्डिङ भई भिडियो निर्माण गरी सार्वजनिक भएका तीज गीत संगीतलाई समेट्दै कुल ४१ विधामा अवार्ड वितरण गरेको छ ।

चलचित्र विकास बोर्डमा गत बुधबार आयोजित नेशनल बक्स अफिस तीज म्युजिक अवार्ड २०७८ मा वर्षको तीज नारी सम्मानमा नायिका करिश्मा मानन्धर, दिपाश्री निरौला, पुरुष कलाकारतर्फ तीज म्युजिक भिडियो सम्झिने पानी छम्किनेबाट अभिनेता भुवन केसीलाई सम्मानित गरिएको थियो । त्यसैगरी वर्षको उत्कृष्ट तीज भिडियोको चरित्र अभिनेतामा वरिष्ठ कलाकार रामचन्द्र अधिकारी र वरिष्ट अभिनेत्री लक्ष्मी गिरीलाई प्रदान गरिएको थियो । यस्तै वर्षको सर्वोत्कृष्ट मोडलमा करिश्मा ढकाल र रामजी खाँडले अवार्ड जिते भने उत्कृष्ट तीज गीत गायिकामा सर्मिला गुरुङ, उत्कृष्ट तीज म्युजिक भिडियो निर्देशनमा वरिष्ठ नृत्य निर्देशक गोविन्द राईले अवार्ड जितेका थिए । उत्कृष्ट तीज गीत भने चरी जेलैमा भएको थियो ।

अवार्डमा देश विदेशमा रेकर्डिङ तथा भिडियो भई सार्वजनिक भएका एक सय ४३ वटा तीज म्युजिक भिडियोको आवेदन परेको थियो । वरिष्ठ गायिका ज्ञानु राणा, वरिष्ठ नृत्य निर्देशक कमल राई, संगीतकार दिपक रमण र दिनेश पाख्रिन जुरी रहेको अवार्ड वितरण कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले अवार्ड वितरण गरेका थिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया