Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल९७ वर्षकी वृद्धाको हमीआर्थोप्लाष्टिको सफल शल्यक्रिया

९७ वर्षकी वृद्धाको हमीआर्थोप्लाष्टिको सफल शल्यक्रिया


ललितपुर । ललितपुर जावलाखेलस्थित अल्का अस्पतालमा ९७ वर्षको एक वृद्धामा हिमीआर्थोप्लाष्टिको शल्यक्रिया सफल रुपमा गरिएको छ । ललितपुर खोकनाकी ९७ वर्षकी गणेशमाया शाहीको हिमीआर्थोप्लाष्टि अर्थात्हिपको आधा जोर्नी फेर्ने शल्यक्रिया सफल भएको हो ।

अस्पतालका चिकित्सक शिवचन्द्र अमात्यको टोलीले शाहीलाई हाई केयरमा राखेर हिमीआर्थोप्लाष्टिको शल्यक्रिया गरेको थियो । ’९७ वर्षको वृद्धा त्यही पनि मुटु रोगले ग्रस्त, हामीले उच्च सावधानी अपनाएर उनको शल्यक्रिया सफल रुपमा गरेका छौँ’, चिकित्सक अमात्यले भने, ’यो दुलर्भ नै हो ।’ उनका अनुसार चिकित्सकहरुले वृद्धा र मुटु रोगीहरुलाई यस्तो शल्यक्रिया गर्न सुझाव नै दिँदैनन् ।

’शाहीको परिवारले पनि हिप फेर्न हामीलाई अनुरोध गर्नुभयो, हामीले शल्यक्रियाका जोखिमहरुबारे उहाँहरुलाई जानकारी दिएका थियौं, ’चिकित्सक अमात्यले भने, ’उहाँहरुले शल्यक्रियाका लागि अनुमति दिएपछि हामीले हिप फेर्ने काम सफल रुपमा गर्यौं ।’ उनको मुटु सुन्निएको थियो, धड्कन पनि कम थियो, हामीले चाँडोभन्दा चाँडो हिप फेर्नुपर्ने बाध्यता थियो, अमात्यले भने हामीले ५४ मिनेटमा नै सो शल्यक्रिया गर्न सफल भयौँ ।

’मैले धेरै अस्पताल धाएँ तर अल्का आएर मेरो अप्रेसन सफल भयो’, शाहीले भनिन् । केही वर्षअघि शाही लडेर हिपको जोर्नी भाँचिएको थियो । हिपको जोर्नी फेरेपछि शाही अस्पतालबाट डिस्चार्ज भइसकेकी छिन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया