Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालदोलखामा ४५ हजार नागरिकलाई कोरोनाविरुद्धको पूर्ण मात्राको खोप

दोलखामा ४५ हजार नागरिकलाई कोरोनाविरुद्धको पूर्ण मात्राको खोप


दोलखा । कोरोना भाइरसविरुद्धको पूर्ण मात्रको खोप लगाउने मानिसको संख्या दोलखामा हालसम्म ४५ हजार एक सय ६६ पुगेको छ । जिल्लाका नौवटै स्थानीयतहको तथ्यांकअनुसार बिहीबारसम्म उक्त संख्यामा पूर्ण मात्रको खोप लगाएको जिल्ला स्वास्थ कार्यालय दोलखाले जनाएको छ । त्यसैगरी हालसम्म जिल्लामा ४७ हजार छ सय ९० जनाले कोभिड १९ विरुद्धको पहिलो मात्रको खोप लगाएका छन् ।

दोलखामा पहिलो र दोस्रो मात्राको खोप लगाउने मानिसको संख्या भने ९२ हनार आठ सय ५७ रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले जानकारी दिए । उनका अनुसार दोलखाका नौवटै स्थानीय तहमा कोभिड १९ विरुद्धको खोप लगाउने अभियान जारी छ । बुधबार बिहानसम्म जिल्लाको भीमेश्वर नगरपालिकाका १३ हजार आठ सय ३६ जनाले कोभिड १९ विरुद्धको पहिलोे मात्राको खोप लगाएका छन् भने, नौ हजार छ सय ७९ जनाले दोस्रो मात्राको खोप लगाएका छन ।

त्यसैगरी जिरी नगरपालिकाभित्रका चार हजार जनाले कोभिड १९ विरुद्धको पहिलो मात्राको खोप लगाएका छन भने तीन हजार छ सय १८ जनाले दोस्रो मात्राको खोप लगाएका छन् । त्यस्तै गौरिशंकर गाउपालिकामा चार हजार आठ सय ९८ जनाले पहिलो मात्राको र पाँच हजार दुई सय ८९ जनाले दोस्रो मात्राको, बिगु गाउँपालिकाका चार हजार नौ सय ९० जनाले पहिलो र पाँच हजार ४३ जनाले दोस्रो मात्रा, कालिञ्चोक गाउपालिकामा पाँच हजार एक सय ७३ जनाले पहिलो र पाँच हजार दुई सय ६४ जनाले दोस्रो मात्राको खोप लगाएका छन् ।

यसैगरी शैलुङ गाउँपालिकामा तीन हजार हजार एक सय ८५ जनाले पहिलो र तीन हजार नौ सय १८ जनाले दोस्रो मात्रा, मेलुङ गाउँपालिकामा तीन हजार दुई सय ८३ जनाले पहिलो र तीन हजार छ सय ७६ जनाले दोस्रो मात्रा, तामाकोशी गाउँपालिकाभित्रका चार हजार एक सय ७० जनाले पहिलो र तीन हजार पाँच सय ४९ जनाले दोस्रो मात्रा र बैतेश्वर गाउँपालिकामा तीन हजार पाँच सय ४९ जनाले पहिलो र चार हजार एक सय ३० जनाले कोभिड १९ विरुद्धको दोस्रो मात्राको खोप लगाएका छन् । यो संख्या कोरोनाविरुद्धको कोभिसिल्ड, भेरोसेल, जोन्सन एन्ड जोन्सनको पहिलो र दोस्रो मात्रा लगाउनेहरूको जम्मा संख्या हो ।

एक लाख ८६ हजार पाँच सय ५७ जनसंख्या रहेको दोलखा जिल्लामा तीस हजार बढी मानिसले दोलखा बाहिरबाट कोरोनाविरुद्धको खोप लगाएको पाइएको छ । जिल्लामा अब करिब ४५ प्रतिशत मानिसलाई खोप लगाउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । दोलखा बिहीबारबाट १८ वर्ष उमेरमाथिका विद्यार्थी र ४० वर्षमाथिका थप नागरिकलाई कोरोनाविरुद्धको खोप दिन सुरु गरिएको छ । पछिल्लो पटक आएको खोप लगाउने अभियान आइतबार अर्थात् ११ गतेसम्म चल्ने स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया