रोकिएन लापिलाङ पहिरो : दशैँको मुखैमा फेरि तान्यो दुई घर
दोलखा । दशैँको मुखमा पहिरोले धमाधम घर तान्न थालेपछि दोलखाको कालिञ्चोक गाउँपालिका–५ लापिलाङका स्थानीय दुखी भएका छन् । सो गाउँमा गत साउनमा गएको भयानक पहिरोले अहिले पनि घर तानिरहेको छ ।
दशैँ आउन करिब दुई साता बाँकी छ । यतिबेला दशैँको तयारी जुट्नुपर्ने लापिलाङका स्थानीयलाई अहिले पहिरोबाट ज्यान जोगाउन नै मुस्किल छ । चाडपर्वको मुखमा पहिरोले घर तानिरहँदा सो गाउँका दर्जनौँ स्थानीय दुखी बनेका छन् । गत साउनमा गएको पहिरोले चर्काएर राखेको धर्मबहादुर खत्री, पुर्णबहादुर खड्का र रुकमला प्रोथेलको घरलाई शुक्रबार पुनः पहिरोले तानेको हो । दशैँको मुखमा पहिरोले घर बगाएको हेरेर बस्नुपरेको पुर्णबहादुर खड्काले दुखेसो गरे ।
सोही गाउँका अर्का स्थानीय रुकमाला प्रोथेलको पनि दुखेसो उस्तै छ । भूूकम्पपछि लाखौँ खर्चेर बनाएको घरमा पहिरोले लगेपछि उनलाई दशैँ आएको खासै वास्था छैन । उनी भन्छिन्, ‘न बस्ने बास रह्यो, नत गरिखाने जमिन ।’ पूरै बस्ती पहिरोको जोखिममा रहेको उनको भनाइ छ । त्यस्तै सोही गाउँका अर्का गणेश थामी अवस्था पनि उस्तै छ । ‘गत वर्षको पहिरोले घर लग्यो, यस वर्षको पहिरोले गरिखाने खेत पुरै बगायो’, उनले दुखेसो गरे । दातृ निकायले दिएको जस्ताको अस्थायी टहरा बनाएर रात काट्दै आएको उनले सुनाए ।
गत साल आएको पहिरोले गणेश थामीलगायतको नौवटा घर वगाएको थियो भने २२ घर पहिरोको उच्च खोखिममा परेका थिए । यस वर्ष सोही गाउँमा बस्तीमुनिबाट गएको पहिरोले दर्जनौँ घर तथा सयौँ रोपनी खेतीयोग्य जमिन तानिरहेको छ । पहिरोले सयौँ रोपनी खेतीयोग्य जमिन कटान गरी बस्तीमा नै आइपुगेको र हाल चार घर पहिरोले तानेको छ भने एक सय ५० घरलाई उच्च जोखिमका परेको सोही वडाका वडा अध्यक्ष सुबास थामीले बताए ।
अघिल्लो वर्षदेखि आएको पहिरोले वडाका ५ घर परिवारलाई सुकुमबासी बनाएको उनले बताए । त्यस्तै चार सय जनाको खेतीयोग्य जमिन बगाएको जानकारी दिए । पहिरोले विस्थापित भई सयौँ परिवार आफन्त तथा सामुदायिक विद्यालय र पालमा वस्न बाध्य भएको वडाअध्यक्ष थामीले जानकारी दिए । यस वर्ष देशकै दोस्रो ठूलो पहिरो भएकाले पीडित बस्तीमा पछिल्लो समयमा दर्जनौँ व्यक्ति तथा संघसंस्था पीडितलाई आपतकालीन समयको लागि खाद्यान्न, जस्ता तथा पाल लिएर लापिलाङ आउने गरेको वडा अध्यक्ष थामीको भनाइ छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सेयर बजार परिसुचक दुई हजार ५६ बिन्दुमा
- अमेरिकी पूर्वराष्ट्रपतिकै घरमा एफबीआईको छापा
- होन्डाको नयाँ मोटरसाइकल भारतमा सार्वजनिक
- गहुँ आयातमा लगाइएको अतिरिक्त शुल्क हटाउने तयारीमा भारत
- ४३ प्रकारका भुटानी वस्तुलाई बंगलादेशले बजार पहुँच दिने
- आणविक बम विष्फोटको ७७औँ वार्षिकी
- प्रभु लाइफको बिजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन सम्पन्न
- ग्लोबल आईएमई बैंक र माया मेट्रो अस्पतालबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया