सरकारकै कमजोरीले एक वर्षदेखि थन्किएको रेल गुड्ने छैन
जनकपुरधाम । जनकपुरदेखि जयनगरसम्म चल्ने रेल सेवा आजसम्म सञ्चालनमा आउन नसक्नु रेल्वे कम्पनीको व्यवस्थापकीय कमी कमजोरी नै प्रमुख कारण रहेको छ । पूर्वाधार बनेपछि दुई वर्ष अघिबाट जनकपुर–जयनगर रेल सेवा सञ्चालनमा आइसक्नुपर्ने थियो । तर, रेल्वे कम्पनीले जनशक्ति र प्राविधिक व्यवस्थापनको काममा ढिलाइ गर्दा लक्ष्य पछाडि सरिरहेको हो । जुनकुरा भारतबाट एक वर्षअघि रेल आइपुगे पनि थन्किएकोबाट स्पष्ट भइरहेको छ । भारत सरकारको सहयोगमा जयनगर–जनकपुर ट्र्याक निर्माण भएको झण्डै डेढ वर्षपछि आएको रेल एक वर्षदेखि थन्किएको भए पनि चल्ने छाँटकाँट बन्नसकेको छैन ।
नेपाल सरकारले खरिद गरेको रेलको एक वर्षे वारेन्टी समाप्त भए पनि चल्ने कुनै सुरसार देखिँदैन । किनकि रेल्वे कम्पनीले भर्ना गरेको कर्मचारीलाई समेत अवकाश दिइएको छ । जसले गर्दा रेल सञ्चालन लामो समयसम्म नहुँदा र धनुषावासी निरुत्साहित बन्दै गएका छन् । जनकपुरधामदेखि जयनगरसम्म रेल सञ्चालनका लागि नियुक्त गरिएका एक सय ५१ कर्मचारीलाई नेपाल रेल्वे कम्पनी लिमिटेडले हटाएको छ ।
रेल सञ्चालनमा आउने निश्चित भएपछि रेल्वे कम्पनीका तत्कालीन प्रबन्धक सञ्चालक गुरु भट्टराईले ज्यालादारीमा झण्डै एक सय ५० कर्मचारी नियुक्त गरेका थिए । ती कर्मचारीलाई नवनियुक्त प्रबन्धसञ्चालक निरञ्जन कुमार झाले हटाएका छन् । प्रबन्धसञ्चालक झाले ज्यालादारीका एक सय ५१ जना कर्मचारीलाई हटाएको छ । जनकपुर–जयनगर सञ्चालनमा आउने रेल गत वर्ष असोज २ गते यहाँ आएपछि कुर्थासम्म ट्रायल पनि भएको थियो । महिनौँसम्म भारतको हाजिपुरमा थन्केको रेल २०७६ असोज १ गते साँझ साढे ७ बजे जयनगर स्टेसनमा आइपुगेको थियो ।
दुई इन्जिन समेत आएको रेल पुनः जयनगर स्टेशनमा पु-याएर थन्क्याइएको थियो । किनकि रेल सञ्चालनको मिति तय हुन नसकेकोले त्यहाँ त्रिपालले छोप्ने काम भएको थियो । त्यो त्रिपाल च्यातेर उडाएर लगेको अवस्था छ । तर, रेल कहिलेदेखि सञ्चालनमा आउने हो रेल्वे विभागका अधिकारीहरु समेत अनभिज्ञ छन् ।पहिला–पहिला रेल गत महिनाको विवाहपञ्चमीको अवसरमा सञ्चालन हुने बताइएको थियो । जनकपुरधाम ल्याइएको पाँचवटा बोगीमा एक डब्बा एसीसहितको दुईवटा रेल इन्जिन नेपाल सरकारले ८४ करोड ६५ लाखमा खरिद गरेको हो । रेलको एउटा सेटमा १३ सय यात्रु बोक्ने क्षमता रहेको जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सेयर बजार परिसुचक दुई हजार ५६ बिन्दुमा
- अमेरिकी पूर्वराष्ट्रपतिकै घरमा एफबीआईको छापा
- होन्डाको नयाँ मोटरसाइकल भारतमा सार्वजनिक
- गहुँ आयातमा लगाइएको अतिरिक्त शुल्क हटाउने तयारीमा भारत
- ४३ प्रकारका भुटानी वस्तुलाई बंगलादेशले बजार पहुँच दिने
- आणविक बम विष्फोटको ७७औँ वार्षिकी
- प्रभु लाइफको बिजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन सम्पन्न
- ग्लोबल आईएमई बैंक र माया मेट्रो अस्पतालबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया