हेलम्बु र पाँचपोखरीका बिरामीलाई हेलिकोप्टरकै भर
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाका स्थानीयले बिरामी हुँदा हेलिकोप्टरको भर पर्नुपर्ने बाध्यता कायमै छ । गत असार १ र साउन १६ गते मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्चीबाट हेलम्बु र पाँचपोखरी गाउँपालिका जोड्ने सडक अझै सुचारु हुन नसक्दा हेलिकोप्टरकै भर पर्नुपर्ने बाध्यता बनेको हो ।
सडक यातायात सम्पर्क विच्छेद हुँदा जटिल अवस्थाका बिरामीलाई हेलिकोप्टर चार्टर्ड गरेर अस्पताल पु-याउने गरिएको छ । बाढीले सडक बगाएपछि हेलम्बु क्षेत्रका मेलम्चीघ्याङ, नाकोते, तिम्बु, तार्केघ्याङ, शेर्माथाङ, इचोक, किउल र महांकाल र पाँचपोखरी थाङपाल गाउँपालिकाका १÷२ नम्बर वडा बरुवा र बासखर्काका स्थानीय मर्कामा परेका छन् । अन्य केही ठाउँमा भने सडक सञ्चालनमा आएसँगै एम्बुलेन्स जान सक्ने भएका छन् ।
गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हालसम्म हेलिकोप्टरमार्फत बिरामीको उद्धार हुँदै आएको बताए । तर यसरी हेलिकोप्टर नै प्रयोग गरेर बिरामीको उद्धार गर्दा कति रकम लाग्यो भनी हेलम्बु गाउँपालिकाले हिसाब दिन सकेको छैन । कच्ची सडक त्यसमाथि बाढीले क्षतविक्षत बनाएपछि बिरामीलाई लैजान कठिन हुने भएकाले यस ठाउँका जनताले हेलिकोप्टरकै भर पर्नुपर्नेछ । हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले भने, ‘हाम्रो बिरामी छटपटिएर मर्न लागे कसरी हुन्छ बचाउनु प-यो भनेर फोन आउँछ, कसरी हुन्छ आफ्ना जनतालाई बचाउनको लागि अहिले हेलिकोप्टरबाट उद्धार गरिरहेको छु’, स्थानीय तहको सहयोगमा स्वास्थ्य जोखिम भएकालाई केही सहजता भएको अध्यक्ष शेर्पाले बताए ।
प्रभावकारी बन्दै सुत्केरीलाई हेलिकोप्टर अभियान
यस्तै गत भदौमा पाँचपोखरी थाङ्पाल गाउँपालिकाको विकट वडा नं ३ भोताङकी एक गर्भवतीलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो । दुई दिनदेखि भर्ना गरिएकी २२ वर्षीया लक्ष्मी तामाङलाई स्थानीय स्वास्थचौकीबाट सुत्केरी गराउन नसकेपछि हेलिकोप्टरद्वारा काठमाडौँ पठाइएको वडा नंबर ३ का अध्यक्ष ङिमा छिरिङ तामाङले बताए ।
पाठेघरको मुख पूरै खुलिसक्दा पनि सुत्केरी हुन नसेकेपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो । सरकारले दुर्गम तथा पिछडिएका क्षेत्रमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सुत्केरी महिलाका लागि हेलिकोप्टरमार्फत उद्धार गर्ने कार्यक्रमअनुसार उद्धार गरिएको थियो । अहिले अन्य जटिलका बिरामीलाई गाउँपालिकाले हेलिकोप्टरबाट उद्धार गरिरहेको छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सुत्केरी महिलाका लागि हेलिकोप्टरमार्फत उद्धार गर्ने कार्यक्रमअनुसार उद्धार गरिन्छ भने अन्य रोगका बिरामीलाई भने स्थानीयको सहयोग आवश्यक हुन्छ । अवरुद्ध सडकबाट एम्बुलेन्समा ल्याउन सम्भव नहुँदा हवाइ चार्ट गर्नुपर्ने बाध्यता छ । वर्षायाममा बाढी पहिरोले पाँचपोखरीका कच्ची सडक अवरुद्ध हुँदा गाउँपालिकामार्फत हेलिकोप्टर ‘चार्टर्ड’ गर्नुपर्ने र अलिकति ठूलो पानी परेमा हाइअलर्टमा बस्नुपर्ने गाउँपालिकाका अध्यक्ष टासी लामाले बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सेयर बजार परिसुचक दुई हजार ५६ बिन्दुमा
- अमेरिकी पूर्वराष्ट्रपतिकै घरमा एफबीआईको छापा
- होन्डाको नयाँ मोटरसाइकल भारतमा सार्वजनिक
- गहुँ आयातमा लगाइएको अतिरिक्त शुल्क हटाउने तयारीमा भारत
- ४३ प्रकारका भुटानी वस्तुलाई बंगलादेशले बजार पहुँच दिने
- आणविक बम विष्फोटको ७७औँ वार्षिकी
- प्रभु लाइफको बिजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन सम्पन्न
- ग्लोबल आईएमई बैंक र माया मेट्रो अस्पतालबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया