Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालबझाङमा सिस्नोको पाउडर बनाउने मेसिन जडान

बझाङमा सिस्नोको पाउडर बनाउने मेसिन जडान


बझाङ । बझाङ जिल्लाको थलारा गाउँपालिका–९ सिरेटामा सिस्नोको पाउडर बनाउने मेसिन जडान गरिएको छ । यूयमएन र प्रगतिशील युवा समाजको साझेदारीमा सञ्चालित सिर्जना परियोजनाअन्तर्गत सिर्जना परियोजनाले गठन गरेको नवप्रतिभा आयआर्जन कृषक समूहलाई सिस्नुको पाउडर उत्पादन गर्नको लागि ३५ हजारबराबरको मेसिन सहयोग गरेको हो ।

विपन्न तथा कोरोना महामारीको चपेटामा परेका स्थानीय तहहरूलाई रोजगार बनाउने उद्देश्यले उक्त मेसिन समूहलाई वितरण गरेको सिर्जना परियोजनाका कार्यक्रम संयोजक बलबहादुर ओडले बताए । नवप्रतिभा आयआर्जन कृषक समूहले उत्पादन गरेको सिस्नु पाउडरले थलारामा पर्यटन विकास तथा आर्थिक क्षेत्रको स्तरोन्नतिमा सहयोग पुग्ने समूहका अध्यक्ष प्रयागराज जोशीले बताए । ‘संस्थाले कल्पना पनि नगरेको कामको थालनी गरेर यहाँका विपन्न वर्गहरू एकल महिला, दलित महिला, जनजाति महिलालगायतका महिलाहरूको आर्थिक उन्नतिको बाटो सिर्जना गरेको जोशीको भनाइ छ ।

समूहले मेसिनलाई लाभदायी र दिगोपन बनाउनमा ध्यान दिनुपर्ने र मेसिनलाई उपयुक्त ढङ्गले सञ्चालन गरे थलारा सिरेटाको सिस्नुको पाउडर अन्तर्राष्ट्रिय बजारमा समेत पु¥याउन सकिने सिर्जना परियोजनाकी म्यानेजर इन्द्रा राईले बताइन् । सिस्नुको पाउडरको सेवन गर्नाले ग्यास्ट्रिक, गानुगोला, उच्च रक्तअल्पता, कम रक्तअल्पता, आँखाका रोग, शरीरमा एलर्जी हुनेजस्ता विभिन्न रोगीहरूको लागि लाभदायक मानिन्छ ।

त्यसै गरी थलारा गाउँपालिका–५ मा रहेको कोटभैरव साना किसान कृषि सहकारी संस्थालाई पनि यूयमएन तथा प्रगतिशील युवा समाजले करिब एक लाख ५० हजारबराबरको भटमासको तेल बनाउने मेसिन हस्तान्तरण गरेको कोटभैरव साना किसान कृषि सहकारीका अध्यक्ष हर्कबहादुर विष्टले बताए । सहकारीमा हाल पाँच सय एक जना सेयर सदस्य रहेका छन् ।

थलारा गाउँपालिकामा लागू भएको प्रगतिशील युवा समाज र यूयमएनको साझेदारीमा सञ्चालित सिर्जना परियोजनाअन्तर्गत थलारा गाउँपालिकाका विभिन्न वडाहरूमा र कृषक समूहहरूमा मेसिन तथा कृषि उपज वस्तु बनाउन र वैदेशिक रोजगारीमा गएकाहरूलाई देशमै रोजगारी बनाउने उद्देश्यले आफूहरूले कार्यक्रममार्फत समुदायस्तरमा स्वरोजगारमूलक विभिन्न कार्यक्रम गरेको प्रगतिशील युवा समाजका कार्यकारी निर्देशक लवराज जोशीले बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया