महाकाली नदीको रोयल्टी विवादले करोडौँ राजस्व गुमाउँदै भीमदत्त
कञ्चनपुर । महाकाली नदीको रोयल्टी संकलन विवाद दिनप्रतिदिन चुलिँदै गएको छ । भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाबीच भइरहेको महाकाली नदीको नदीजन्य पदार्थहरूको रोयल्टी उपभोग सम्बन्धमा विगत दुई वर्षदेखि विवाद कायम रहेको छ । पटक–पटकको प्रयासले विवाद मिलाउन नसकेर मुद्दा अदालतमा पुगेपछि भीमदत्त नगरपालिकाले दैनिक तीन लाख राजस्व गुमाइरहेको छ । महाकाली पुल निर्माण कम्पनी कुमार÷सीएफईसीले रोयल्टीका विषयमा दुई पटक अदालतमा मुद्दा दायर गरेसँगै विवाद चर्किएको हो ।
पुल निर्माण कम्पनीले विगतका वर्षहरूमा तिनुपर्ने रोयल्टी नतिर्ने र यस वर्ष समेत नगरपालिकाले गरेको टेन्डर आह्वानमा असहमति जनाएर मुद्दा दायर गरेको हो । उच्च अदालतले भीमदत्त नगरपालिकाका नाममा अन्तरिम आदेश जारीसँगै महाकाली नदीबाट ढुङ्गा, गिटी, बालुवा चोरी भइरहेको नगरपालिकाले जनाएको छ । भीमदत्त नगरका प्रवक्ता हिमालय चन्दले रोयल्टी विवादका कारण नदीबाट दैनिक बालुवा, ढुङ्गा, गिटी चोरी तस्करी भइरहेको बताए । ‘ढुङ्गा, बालुवा चोरी तस्करी भइरहेको छ, ‘उनले भने, ‘विवाद अदालतमा पुगेपछि असोज १ गतेदेखि संकलन हुने रोयल्टी नियमित सुचारु नहुँदा दैनिक तीन लाख रूपैया राजस्व गुमाइरहेका छौँ ।’
चालू आर्थिक वर्ष २०७८/०७८ मा भवानी कन्स्ट्रक्सन प्रालिले महाकाली नदीको रोयल्टी संकलनको जिम्मा पाएको छ । भवानी कन्स्ट्रक्सन प्रालिले महाकाली पुल निर्माण कम्पनी कुमार/सीएफईसी जेभीलाई रोयल्टी तिर्नका लागि ताकेता गरेको थियो । कुमार/सीएफईसीलाई रोयल्टी तिर्न र विगतका वर्षको राजस्व तिर्नका लागि भीमदत्त नगरपालिकाले तोकेता गर्दै आएपछि पुल निर्माण कम्पनीले दुई पटक मुद्दा दायर गरेको हो ।
आर्थिक वर्ष २०७५/०७६ माकुमार/सीएफईसी जेभीले महाकालीको स्रोत उपभोग गरेबापत भीमदत्त नगरपालिकालाई दुई करोड ४७ लाख ११ हजार र दोधारा चाँदनी नगरपालिकालाई ९३ लाख राजस्व नबुझाएपछि उक्त रकम महालेखापरीक्षकको कार्यालयले बेरुजु देखाएका थियो । बेरुजु रकम तिर्नका लागि दुवै नगरपालिका (भीमदत्त र दोधाराले कम्पनीसँग) ताकेता गरे पनि नबुझाएपछि थप विवाद चर्किएको हो । प्राकृतिक स्रोत साधन उपभोग र बाहिर बेचेको भन्दै दुवै पालिकाले बक्यौता रकम बुझाउन कम्पनीलाई दबाब दिँदै आएको छ ।
महाकाली पुलनिर्माण कम्पनी कुमार/सिएफईसी जेभीले आफ्नो कार्य क्षेत्रमा रोयल्टी समावेस नभएकाले खारेजीको माग अघि सारेर उच्चअदालतमा रिट दायर गरेको हो । कुमार/सीएफईसी जेभीका इन्जिनियर किशोर पाण्डेयले रोयल्टी समावेश नभएकाले रिट दायर गरेको बताए । उनका अनुसार पुलनिर्माण कम्पनीले रोयल्टी तिनुपर्ने नभए पनि रोयल्टी संकलनकर्ता र पालिकाले ताकेता गरेकाले मुद्दा दायर गरेको बताए ।
दोधारा चाँदनी नगरपालिका प्रवक्ता दिलबहादुर सिजालीले अघिल्लो आर्थिक वर्षको ९३ करोड बेरुजु रकम तिर्नका लागि पुलनिर्माण कम्पनीसँग तोकेता गर्दा समेत नतिरेको बताए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले ढुङ्गा, गिटी, बालुवा चोरी भए नियनत्रण गरिने बताए । स्थानीयले भने विकास निर्माण, राजस्वमा खेलवाड नगर्न आग्रह गर्दै चलखेल नगर्न चेतावनी दिएका छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सेयरबजार परिसुचक दुई हजार ६८ बिन्दुमा
- जब विश्वकै धनी व्यक्तिले म्यानचेस्टर युनाइटेड किन्ने ठट्टा गरे…
- बंगलादेशमा तत्काल छैन आर्थिक संकट : आईएमएफ
- नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष ज्ञवालीद्वारा शपथग्रहण
- हिम पर्वत हाइड्रोपावर र सीबीआईएल क्यापिटलबीच सम्झौता
- सानिमा बैंकको ‘सानिमा फेमिली सुपर सेभिङ खाता’
- जीवन विकास लघुवित्तको संयोजकत्वमा कारागार कार्यालय मोरङमा शुद्ध खानेपानी जडान
- नेपालमा पहिलो पटक ‘नबिल फोन लोन–क्यूआर मर्चेन्ट’ शुभारम्भ
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया