काठमाडौं । कमलपोखरीस्थित सिटी सेन्टरमा नेपाल महिला चेम्बरको सक्रियतामा नेपालमा उत्पादित अर्गानिक कृषि उत्पादन तथा अन्य उपभोग्य वस्तुहरुको प्रवद्र्धनको लागि व्यापार मेला सुरु भएको छ ।
नेपाल महिला चेम्बरको तत्वावधानमा बुधबारबाट सुरु भएको दशैँ, तिहार उपभोक्ता व्यापार मेलाको उद्घाटन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले गरेका थिए । कार्यक्रममा उनले देशमा उत्पादन वृद्धि गरी रोजगारीको अवसरको सृजना गरी आत्मनिर्भर बन्न महिला उद्यमीहरुले कर्म क्षेत्रमा लाग्नुपर्नेमा जोड दिए । साथै उनले कोभिड १९को संक्रमणबाट डराएर नबस्न आग्रह गर्दै महामारीसँगै लड्दै व्यापार व्यवसायको प्रवर्द्धन गर्दै स्थानीय उत्पादनलाई बढावा दिँदै जानुपर्नेमा जोड दिए ।
सो अवसरमा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिला उद्यमीहरुको अग्रसरतामा भएको यस प्रकारको व्यापार मेलाले महिला सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्नुका साथै कोभिड १९ ले थला परेको अर्थतन्त्रलाई अगाडि बढाउनुका साथै साना उद्यमी व्यवसायलाई उत्थान गर्नमा यस व्यापार मेलाले सहयोग पुग्ने बताइन् । सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल र महिला चेम्बरकी महासचिव लिमा अधिकारीको पनि उपस्थिति थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सेयरबजार परिसुचक दुई हजार ६८ बिन्दुमा
- जब विश्वकै धनी व्यक्तिले म्यानचेस्टर युनाइटेड किन्ने ठट्टा गरे…
- बंगलादेशमा तत्काल छैन आर्थिक संकट : आईएमएफ
- नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष ज्ञवालीद्वारा शपथग्रहण
- हिम पर्वत हाइड्रोपावर र सीबीआईएल क्यापिटलबीच सम्झौता
- सानिमा बैंकको ‘सानिमा फेमिली सुपर सेभिङ खाता’
- जीवन विकास लघुवित्तको संयोजकत्वमा कारागार कार्यालय मोरङमा शुद्ध खानेपानी जडान
- नेपालमा पहिलो पटक ‘नबिल फोन लोन–क्यूआर मर्चेन्ट’ शुभारम्भ
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया