Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालउत्साहित कलाकारहरूको नगर बन्दै ललितपुर महानगर

उत्साहित कलाकारहरूको नगर बन्दै ललितपुर महानगर


काठमाडौं । ललितपुर महानगरपालिकाले कला क्षेत्रमा समर्पित कलाकारहरूको विकासका लागि सम्बोधन गर्ने भएको छ । नजिकिँदै गरेको पर्वहरू मोहनी (दशैँ), नेपाल सम्वत ११४२ नव वर्ष, स्वन्ति (तिहार) तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा सम्मान एवं शुभकामना दिने उद्देश्यले नृत्य निर्देशक संघ नेपाल, ललितपुर शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ‘कला क्षेत्रको विकासका लागि गर्न सकिने कामका बारे योजना लिएर आउनुस् म सहयोग गर्नेछु’ भने ।

ललितपुर महानगरपालिका वडा १६ ले कलाकार समिति स्थापना गरी कला क्षेत्रमा समर्पितका लागि कार्यसम्पादन अघि बढाएको प्रति खुशी व्यक्त गर्दै वडास्तरबाट थालनी भएको यो प्रयासले आफू निकै हौसिएको भन्दै अपाङ्गता भएका कलाकारहरूका लागि पनि सहयोग गर्ने सोच रहेको जानकारी गराए ।

संघको ललितपुर शाखालाई ट्र्याकसुट सहयोग गरेका कार्यक्रमका विशेष अतिथि जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष शरदकुमार महर्जनले आफू पनि कलाकारिता क्षेत्रमै समर्पित रहेको उल्लेख गर्दै कलाकारको दुःख बुझेको र उक्त दुःख कम गर्न सहयोग गर्न सदा तत्पर रहने बताए । जुजु वेयर्सले भने शाखालाई टिसर्ट सहयोग गरको हो  ।

कार्यक्रमका अतिथिहरू ललितपुर महानगरपालिका १६ वडाका वडाअध्यक्ष निर्मलरत्न शाक्यले कला क्षेत्रले समाजलाई उत्साहित गर्ने मात्र होइन राज्यलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान दिने भएकाले कलाकारहरूलाई प्रोत्साहित गनुपर्नेतर्फ ललितपुर महानगपालिकाको ध्यानाकर्षण गराए । साथै ललितपुर महानगरपालिका वडा ८ का वडा अध्यक्ष हेम महर्जनले पनि शुभकामना दिएका थिए ।

वडा १६ कलाकार समितिका संयोजकको जिम्मेवारी प्रभावकारी रूपमा वहन गर्न सकियोस् भनी शुभकामना व्यक्त गर्दै डिडान ललितपुर शाखाका सल्लाहकार एवं नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यलाई सम्मान गरिएको थियो । सम्मानपश्चात् आफ्नो कुरा राख्दै उनले मातृभाषा पत्रकारिता क्षेत्रको विकास र प्रोत्साहनमा पनि राज्यको खोजी भइरहने उल्लेख गर्दै कला क्षेत्रको अवस्था पनि त्यस्तै रहेको कुरा राखे । हिजोको कलाकारिताले भरिएको सम्पदामा गौरव गर्ने आजको पुस्ताको सोही क्षेत्रमा योगदान के छ ? भनी प्रश्न गर्दै आजको पुस्ताको सृजनाप्रति पनि भविष्यले गौरव गर्ने स्थान बनाउनु स्थानीय तह तथा सरकारको ध्यानाकर्षण गराए ।

केन्द्रीय अध्यक्ष भूवनदास श्रेष्ठले नृत्य निर्देशक संघ ललितपुर शाखाको सक्रियताले शक्ति सञ्चार गरेको उल्लेख गर्दै स्थानीय तहको साथले यो क्षेत्र अझ फस्टाउने विश्वास व्यक्त गरे ।परम्पराको महत्वका बारे भने ललितपुर शाखाका सल्लाहकार वरिष्ठ कलाकार सञ्जय शर्मा राजोपाध्यायले प्रकाश पारेका थिए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया