Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमाथिल्लो सगरमाथाका जिल्लामा दशैँमा नयाँ नोट आएन

माथिल्लो सगरमाथाका जिल्लामा दशैँमा नयाँ नोट आएन


सोलुखुम्बु । माथिल्लो सगरमाथाका तीन जिल्लासहित उदयपुरमा दशैँका लागि नयाँ नोट नआउने भएको छ । नेपाल राष्ट्र बैंकले असोज ४ बाट नै देशभरका शाखा बैंकबाट नयाँ नोट लिनसक्ने व्यवस्था गरे पनि चार जिल्लामा भने नयाँ नोट नआएको बैंकहरूले जनाएका छन् ।

नयाँ नोटका लागि बैंकमा ग्राहकहरूको भीड लाग्ने भए पनि नहुँदा समस्या भएको राष्ट्रिय वाणिज्य बैंक सल्लेरीका प्रबन्धक चित्र खड्काले बताए । नयाँ नोट नआउँदा र पुरानो खुद्रा रकम समेत पर्याप्त नहुँदा समस्या भएको उनको भनाइ छ । यस्तै नयाँ नोटको माग अत्यधिक भएको राष्ट्रिय वाणिज्य बैंक ओखलढुंगाका निमित्त शाखा प्रबन्धक राजेश झाले बताए । स्टक रकम भएकाले राष्ट्र बैंकले नयाँ नोट नपठाउँदा ग्राहकहरूलाई रित्तो हात फर्काउन बाध्य भएको उनको भनाइ छ ।

यस्तै खोटाङ र उदयपुरमा पनि नयाँ नोट नआउँदा समस्या भएको बताइएको छ । नयाँ नोट लिनका लागि बैंक पुगेकाहरूलाई पुरानो नोट दिएर पठाउने गरेको राष्ट्रिय वाणिज्य बैंक खोटाङका शाखा प्रबन्धक काजी बस्नेतले बताए । यता नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले भने यस विषयमा आफू जानकार नभएको बताए । विराटनगर राष्ट्रिय वाणिज्य बैंकसँग तत्काल जानकारी लिएर नोट पठाउने व्यवस्था गरिने उनले बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया