Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालबजार अनुगमन नहुँदा प्रतिबन्धित इनर्जी ड्रिंकको खुलेआम बिक्रीवितरण

बजार अनुगमन नहुँदा प्रतिबन्धित इनर्जी ड्रिंकको खुलेआम बिक्रीवितरण


विराटनगर । नेपालीहरूको महान् पर्व दशैँ नजिकिँदै आउँदा पूर्वकै औद्योगिक नगरका रूपमा रहेको विराटनगर बजारमा अनेकन अवैध कामले व्यापकता पाएको छ । प्रदेश १ को राजधानीका रूपमा रहेको विराटनगरमा पछिल्लो समय सरकारले नै प्रतिबन्ध गरेको रेडबुल इनर्जी ड्रिंक खुलेआम बिक्रीवितरण हुनेगरेको छ ।

सरकारले आयातमा नै प्रतिबन्ध लगाएको ऊर्जा पेय पदार्थ रेड बुल विराटनगरमा नै खुलेयाम बिक्रीवितरण भइरहेको फेला परेको हो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले गरेको बजार अनुगमनको क्रममा सरकारले नै प्रतिबन्धित गरेको विदेशी रेडबुल फेला पारेको हो । कार्यालयले विराटनगर माहानगरपालिका वडा नं. ११ स्थित पञ्चमुखी चौकस्थित सञ्चालनमा रहेको चिरञ्जीवी जनरल स्टोर र कञ्चनबारीमा रहेको अभिषेक ट्रेडर्समा रेडबुल फेला परेपछि वाणिज्य कार्यालयले नियन्त्रणमा लिएको छ । उक्त रेडबुलमा क्याफिनयुक्त पदार्थ रहेकाले स्वास्थ्यलाई हानि पु¥याउने भएकाले विदेशी रेडबुललाई सरकारले आयातमा नै प्रतिबन्ध लगाएको जानकारी वाणिज्य कार्यालयले दिएको छ ।

यस्तै बजार अनुगमन हुन नसक्दा सर्वसाधारणा उपभोक्ताहरू ठगिने क्रम बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालय, स्थानीय सरकार, नेपाल प्रहरीलगायत निकायहरूले प्रभावकारी अनुगमन नगर्दा उपभोक्ताहरू ठगिने क्रम बढेको गुनोसो व्यापक रूपमा बढेर गएको छ । अहिले चाडपर्व नजिकिएसँगै विराटनगर बजारमा किनमेल गर्ने उपभोक्ताको चहलपल व्यापक रूपमा बढेको छ । भीडभाडकै बीचमा व्यापारीहरूले उपभोक्ताहरूसँग दोब्बर, तेब्बर मूल्य लिइरहेको गुनासो छ । सरकारको मातहतमा रहेका सम्बन्धित निकायले अनुगमनको दायरा नबढाउँदा उपभोक्ताहरू ठगिने गरेको गुनासो पनि सुनिन थालेको छ । यो दशैँको मुखमा व्यवसायीद्वारा विभिन्न तरिकाले उपभोक्ताहरू ठगिने गरेका छन् ।

लत्ताकपडामा शतप्रतिशत मूल्य वृद्धि भएको अवस्था देखिएको छ भने दशैँको बेलामा खानेतेल, चिनीलगायत अत्यावश्यक खाद्यान्नको अत्यधिक मूल्य वृद्धि भएको गुनासो उपभोक्ताको छ । अहिले बजारमा गत वर्षको फागुनदेखि एक सयदेखि एकस सय २५ रूपैयाँसम्म मूल्यवृद्धि भएको छ ।

बजार अनुगमन गर्ने निकायबाट प्रभावकारी रूपमा अनुगमन नहुँदा अहिले बजारमा मिति सकिएका सामान बिक्री भइरहेको दाबी विराटनगरका व्यवसायीको नै रहेको छ । बजारमा सामानको माग बढी हुँदा कालोबजारी गर्ने र पहिलेदेखि बिक्री हुन नसकेका पुराना सामानहरू बढी मूल्यमा बिक्री हुने क्रम व्यापक भएको छ । व्यवसायीले आफूखुसी मूल्य तोक्दै सामान बेच्ने गरेको र स्थानीय सरकारले अनुगमन गर्न आनाकानी गरेपछि बजारमा बेथिति बढेर गएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया