Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालगण्डकी प्रदेश चेम्बर अफ कमर्सको पदस्थापना

गण्डकी प्रदेश चेम्बर अफ कमर्सको पदस्थापना


पोखरा । गण्डकी प्रदेश चेम्बर अफ कमर्सको प्रथम साधारणसभाबाट चयन भएका पदाधिकारी तथा सदस्यहरुको पदस्थापन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा चेम्बर अध्यक्ष मल्लले नेपालको पर्यटन हव रहेको गण्डकी प्रदेशका सबै जिल्लाहरुमा आकर्षक भौगोलिक बनावट रहेकाले गाउ गाउमा होमस्टेको उचित प्रबन्ध गरी पर्यटन व्यवसायलाई सबल बनाउन आवश्यक रहेको बताए । यसलाई प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय विमानस्थल द्रुत गतिमा निर्माणसम्पन्न गर्नुपर्ने उनको भनाइ थियो । साथै उनले पोखरामा यसको सुन्दरता कायम राख्न विद्युतिय सवारीसाधनमा जोड दिई प्रदूषण कम गर्ने र एग्रो टुरिजम समेतलाई जोड दिनुपर्ने बताए । यस्तै उनले प्रदेश सरकारले मुस्ताङको कोरला नाकाको समुचित उपयोग गरी मित्रराष्ट्र चीनसँग व्यापार अभिवृद्धि गर्न जोड दिए ।

जलस्रोत भण्डार रहेको यस प्रदेशमा जलविद्युतमा बाह्य लगानी भित्र्याई विद्युत् निर्यात गर्ने सरकारको योजनामा यस प्रदेशबाट थप टेवा मिल्ने उनको भनाइ थियो । महिला उद्यमीलगायत समग्र कृषकबाट उत्पादित समानको उचित बजार व्यवस्थापन हुन नसक्दा कृषि पेशा फस्टाउन नसकेको भन्दै उनले उत्पादित वस्तुको ढुवानी लागत लाई कम गरी सुपथ मूल्यमा कृषि उत्पादन बजारमा लैजाने व्यवस्थामा सरलीकरण गर्न कृषि एम्बुलेन्सको व्यवस्था गरिनुपर्ने, विदेशमा सीप सिकेर फर्केकाहरुबाट व्यावसायिक कृषि तथा औद्योगिक कार्यमा उपयोग गरिनुपर्ने, कृषिलाई निर्यातमुखी बनाउनुपर्ने कुरामा जोड दिए ।

गण्डकी प्रदेश चेम्बर अफ कमर्सको अध्यक्षमा किसान सुनार, उपाध्यक्षमा श्रीबहादुर गुरुङ, महासचिवमा अधिवक्ता देवराज शर्मा, सचिवमा विष्णु कुमार श्रेष्ठ, कोषाध्यक्षमा तेजेन्द्र पौडेल तथा सदस्यहरुमा विजय हिराचन, भरत बहादुर रकाल ठकुरी, महेन्द्र मोहन भट्टराई, टिका गुरुङ, गंगा प्रसाद श्रेष्ठ, ज्ञानुमाया अधिकारी, तारानाथ ढुंगाना, प्रकाश न्यौपाने, एकता गुरुङ, युवराज खतिवडा, अरुण गिरी, गिता तिवारी रहेका छन् । त्यसैगरी कार्यसमितिले डा. टेक नारायण पौडेल तथा रवि बहादुर बीकेलाई सदस्य पदमा मनोनीत गरेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया