जेए ग्रुपद्वारा ट्राफिकलाई ज्याकेट हस्तान्तरण
काठमाडौं । जेए ग्रुपका संस्थापकहरुले बडादशैँ, दीपावली तथा छठ पर्वको अवसर पारेर महानगरीय ट्राफिक प्रहरी ललितपुरलाई दुई सय थान ट्रफिक सुरक्षा ज्याकेट हस्तान्तरण गरेका छन् । संस्थापकहरु अनारदेवी श्रेष्ठ, जिज्ञासा अर्याल र श्रेसा शाक्यले संयुक्त रुपमा वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्यलार्ई आइतबार हस्तान्तरण गरेका हुन् ।
उनीहरुले नेपालीहरुको महान् चाडको अवसरमा ट्राफिक प्रहरीसँग शुभकामना आदानप्रदानसमेत गरेका थिए । उनीहरुले ट्राफिक प्रहरीको सुरक्षाको निम्ति अन्य ट्राफिक कार्यालयहरुलाई समेत सुरक्षा ज्याकेट उपलब्ध गराउने जानकारी दिए । समाजसेवी अनारदेवी श्रेष्ठलगायतले दश वर्षदेखि सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा विपन्नहरुलाई सहयोग गर्दै आइरहेका छन् ।
जेए ग्रुपका संस्थापक अनारदेवी श्रेष्ठले सिन्धुपाल्चोकस्थित शारदा माध्यमिक विद्यालयका जेहेन्दार तथा गरिब विद्यार्थीलाई वार्षिक रुपमा छात्रवृत्ति उपलब्ध गराउँदै आएकी छन् । जेए ग्रुपले डाक्टर सञ्चो क्लिनिकमार्फत ललितपुरको हात्तीवन तथा हरिसिद्धि क्षेत्रमा समय समयमा निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरी निःशुल्क औषधि समेत वितरण गर्दै आइरहेको छ ।
संस्थाले केही दिनअघि ४० जना वृद्धवृद्धा र ९० जना बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण गरेको थियो । युवा उद्यमी जिज्ञासा अर्यालले सेवा अनलाइन समेत सञ्चालन गरिरहेकी छन् । सेवा अनलाइनले विदेशमा छोराछोरी भएका र स्वदेशमा भएका बूढाबूढी बाआमालाई बिरामी हुँदा न्यूनतम शुल्कमा अस्पताल ल्याउने लैजाने सेवा दिँदै आएको डा. सञ्चो क्लिनिकका निर्देशक जेन श्रेष्ठले जानकारी दिए । जेए ग्रुपले भविष्यमा भौतिक पूर्वाधारहरुमा समेत लगानी गर्ने जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सेयर बजार परिसुचक दुई हजार ५६ बिन्दुमा
- अमेरिकी पूर्वराष्ट्रपतिकै घरमा एफबीआईको छापा
- होन्डाको नयाँ मोटरसाइकल भारतमा सार्वजनिक
- गहुँ आयातमा लगाइएको अतिरिक्त शुल्क हटाउने तयारीमा भारत
- ४३ प्रकारका भुटानी वस्तुलाई बंगलादेशले बजार पहुँच दिने
- आणविक बम विष्फोटको ७७औँ वार्षिकी
- प्रभु लाइफको बिजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन सम्पन्न
- ग्लोबल आईएमई बैंक र माया मेट्रो अस्पतालबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया