Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालचलायमान हुँदै खुम्बु !

चलायमान हुँदै खुम्बु !


सोलुखुम्बु । कोरोना भाइरस कोभिड १९ को महामारीले शिथिल बनेको खुम्बु क्षेत्रमा पर्यटकीय गतिविधि सञ्चालन हुनथालेका छन् । खुम्बुमा पर्यटकीय गतिविधि चलायमान भएसँगै एकै महिना दुई हजार जनाभन्दा बढी पर्यटक खुम्बु पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।

शरद ऋतुको असोज महिनामा चार सय ५२ जना सार्क मुलुकका सहित एक हजार तीन सय २३ जना विदेशी र सात सय ७८ जना नेपालीले खुम्बुको भ्रमण गरेको निकुञ्जको जोरसल्ले चेकपोष्टले जनाएको छ । वि.सं. २०३२ मा स्थापना भएको निकुञ्ज ११४८ वर्ग किमि क्षेत्रफलमा फैलिएको छ ।

यस राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम र थामसेर्कुलगायतका हिमचुचुरा छन् । सन् १९७९ देखि निकुञ्ज विश्वसम्पदा सूचीमा सूचीकृत भएको थियो । निकुञ्जभित्र पर्ने गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया