Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालबझाङमा नेपाल एयरलाइन्सको जहाजले उडान भर्ने

बझाङमा नेपाल एयरलाइन्सको जहाजले उडान भर्ने


बझाङ । बझाङमा नेपाल एयरलाइन्सको जहाजले उडान भर्ने भएको छ । धनगढीलाई बेस बनाएर जिल्लामा हवाइ सेवा सञ्चालन गर्नका लागि आइतबार परीक्षण उडान हुनेभएको हो । लगातारको वर्षाका कारण सुदूरपश्चिमका पहाडी राजमार्ग अवरुद्ध भएपछि हवाइ यात्रा एक मात्र विकल्पका रूपमा रहेको छ । सुदूरपश्चिमको पहाडी जिल्लामा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले उडानका लागि तालिका सार्वजनिक भइसकेको धनगढी विमानस्थलले जनाएको छ ।

धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले आइतबार पहिलो दिन धनगढीबाट डोटीको दिपायल र दोस्रो उडान बझाङमा उडान हुने बताए । धनगढीदेखि डोटी दुई हजार छ सय १५ र डोटीबाट धनगढी दुई हजार पाँच सय १५ भाडादर कायम भएको छ । धनगढीदेखि बझाङको तीन हजार नौ सय ९५ र बझाङदेखि धनगढी तीन हजार आठ सय ९५ हवाइ भाडादर कायम भएको छ ।

जिल्ला प्रशासन कार्यालय बझाङका अनुसार आइतबार बिहान ९ बजेर १५ मिनेटमा नेपाल वायुसेवा निगमले धनगडी बझाङ उडान गर्नेछ । हवाइ भाडा सस्तो भएको हुँदा नियमित उडान गर्नुपर्ने बझाङवासीको माग छ । एउटा एयरलाइन्सले मात्र उडान गर्दा यात्रुहरूलाई झन् समस्या भइरहेको धनगढी विमानस्थलले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले गेटा विमानस्थलको निरीक्षण गर्ने क्रममा यात्रुहरूको चाप ह्वात्तै बढेपछि थप जहाज आवश्यक परेका बताएका थिए । बझाङमा समिट एयरको जहाजले उडान भर्दै आएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया