Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालचरीकोट बहुउद्देश्यीय भवन निर्माण अन्तिम चरणमा

चरीकोट बहुउद्देश्यीय भवन निर्माण अन्तिम चरणमा


दोलखा । दोलखाको भीमेश्वर नगरपालिकाको चरीकोट सातदोबाटो चोकमा निर्माणाधीन अवस्थामा रहेको चरीकोट बहुउद्देश्यीय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भवन निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी श्याम सुन्दर निर्माण सेवाले आयोजनाको काम अन्तिम चरणमा पुगेको जनाएको छ । भवनको ९९ प्रतिशत काम सम्पन्न भएको भवन निर्माण कम्पनीले जनाएको छ ।

सार्वजनिक शौचालयसहित सदरमुकाम चरीकोट चोकमा निर्माणाधीन पाँच तलाको व्यावसायिक भवन निर्माणको लागि अर्थिक वर्ष २०७६/७७ को असारमा नगरपालिकाले श्याम सुन्दर निर्माण सेवालाई जिम्मा दिएको थियो । भवन निर्माणको लागि नगर विकास कोषको ८० प्रतिशत अनुदान रहेकोे छ । त्यस्तै १० प्रतिशत सरल ऋण रहेको छ । त्यसैगरी नेपाल सरकारको ७ प्रतिशत अनुदान तथा भीमेश्वर नगरपालिकाको २ दशमलव ५ प्रतिशत अनुदानमा भवन निर्माण भइरहेको श्याम सुन्दर निर्माण सेवामा कार्यरत फिल्ड प्राविधिक सुवास दाहालले जानकारी दिए । भवन निर्माणका लागि तीनवटा निकायले १२ करोड ७६ लाख ३२ हजार सात सय रूपैयाँ लगानी गरेका छन् ।

सो भवन मंसिर महिनामा हस्तान्तरण गर्ने तयारी रहेको प्राविधिक दाहालले बताए । भवनको बाहिरी भागमा रङ्ग लगाउन र भवनको टपमा आंशिक काम मौसमले साथ नदिँदा रोकिएकाले झरी रोकिनेबित्तिकै काम हुने भवन निर्माण कम्पनीका साइट इन्चार्ज अर्जुन दाहालले बताए । यस भवनमा दोलखा जिल्लाभित्रका र भीमेश्वर नगरपालिका आसपासका स्थानीय व्यवसायीहरूले कानुनी रूपमा नगरपालिकाको नियमअनुसार व्यवसाय गर्न पाउनेछन् ।

नगरपालिकाले अस्तव्यस्त रूपमा सडकपेटीमा कृषिलगायतका अन्य व्यापार गर्दै आएका व्यापारीहरूलाई व्यवस्थित बनाउने उद्देश्यले भवन निर्माण गरेको भीमेश्वर नगरपालिकाकी उपमेयर कमला बस्नेतले जानकारी दिइन् । निर्माणाधीन अवस्थामा रहेको पाँचतले भवनमा करिब एक सयभन्दा बढी व्यापारीले नियमित व्यवसाय गर्न पाउनेछन् । जिल्ला सदरमुकाम चोक बनेको उक्त भवनले सदरमुकामको सौन्दर्य फेर्नुको साथै छरपस्ट सडकपेटीका साना व्यापारीलाई सटरमा ल्याउनेछ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया