Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालडान्स रियालिटी सो ‘डान्स च्याम्पियन’

डान्स रियालिटी सो ‘डान्स च्याम्पियन’


काठमाडौं । इन्टरनेशनल डान्स एकेडेमी एण्ड फिल्म्स प्रालिद्वारा कि एड्भरटाइजिङ सर्भिस प्रालिका लागि कात्तिक २५ देखि नेपालकै सबैभन्दा ठूलो डान्स रियालिटी सो डान्स च्याम्पियन नियमित उत्पादन गरी कान्तिपुर टेलिभिजनमा प्रसारण गर्ने भएको छ । साथै यो सो युट्युबमा ओएसआर डिजिटलबाट प्रसारण हुनेछ ।

उक्त कार्यक्रमको मार्केटिङ कि एड्भरटाइजिङले गर्दै छ । नेपाली नृत्य र कलाकारितालाई अझै शिखरमा पु-याउन डान्स च्याम्पियन मेगा–शो कान्तिपुर टेलिभिजनले र ओएसआर डिजिटलले नियमित प्रसारण गर्नेेछ । उक्त मेगा–शो प्रत्येक बिहीबार र शुक्रबार हप्ताको दुई दिन बेलुकी ९ः०० बजे कान्तिपुर टेलिभिजनबाट प्रसारण गरिनेछ ।

डान्स च्याम्पियनका निर्णायकहरुमा नायिका निरुता सिंह, कोरियोग्राफर जगत रावल र डान्सर आस्मा विश्वकर्मा रहेका छन् । डान्स च्याम्पियन कार्यक्रमको प्रस्तोताको रुपमा उमेश राइ (फुलन्देकी आमा) र निशान्त कटुवाल रहेका छन् । उक्त कार्यक्रमका निर्देशक गजित विष्ट हुन् । कुल २५ लाख रुपैयाँ धनराशी पुरस्कार रहेको यस कार्यक्रम ३४ भागको हुनेछ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया