Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनर्भिकमा स्तन क्यान्सरको निःशुल्क ओपीडी हुने

नर्भिकमा स्तन क्यान्सरको निःशुल्क ओपीडी हुने


काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार स्तन क्यान्सरसम्बन्धी निःशुल्क ओपीडी सेवा सञ्चालन हुने भएको छ । शनिबार नर्भिक अस्पतालमा स्तन क्यान्सरको विषयमा निःशुल्क ओपीडी सेवा सञ्चालन हुने भएको हो । स्तन क्यान्सर विशेषज्ञ डा. वानिरा गिरीले शनिबार १० देखि १२ बजेसम्म निःशुल्क ओपीडी सेवा दिने अस्पतालले जनाएको छ ।

पछिल्लो समय नेपाली महिलाहरुमा स्तन क्यान्सरको समस्या बढिरहेको छ । यस्तो अवस्थामा क्यान्सरको शंका लागेका वा लक्षण देखिएकाहरुले आफ्नो निःशुल्क ओपीडी सेवामा आएर लाभ लिनसक्ने डा. गिरीले जानकारी दिइन् । नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिबार निःशुल्क ओपीडी सेवालाई सञ्चालन गर्दै आएको छ ।

यो सेवा अन्तर्गत प्रत्येक शनिबार १० देखि १२ बजे अस्पतालमा कार्यरत कुनै एक विशेषज्ञ डाक्टरले निःशुल्क ओपीडी सेवा दिनेछन् । सर्वसाधारणको निःशुल्क ओपीडी सेवाप्रतिको आकर्षण समेत बढिरहेको अस्पतालले जनाएको छ । निःशुल्क ओपीडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउनसक्ने सुविधा समेत उपलब्ध छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया