Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालबैतेश्वर गाउँपालिकाको भवन हस्तान्तरण

बैतेश्वर गाउँपालिकाको भवन हस्तान्तरण


सुवास बस्नेत
दोलखा, माघ १६
बैतेश्वर गाउँपालिकाको कार्यालय भवन हस्तान्तरण गरिएको छ । पालिकाको स्थायी केन्द्र पाडुडाँडामा निर्माण गरिएको सुविधासम्पन्न भवन बुधबार एक कार्यक्रमका बीच प्रदेश सांसद विशाल खड्काले हस्तान्तरण गरेका हुन् । सांसद खड्काले गाउँपालिका अध्यक्ष छवि लामालाई भवनको साँचो हस्तान्तरण गरे । बैतेश्वरको समग्र विकाश गर्न प्रदेश सरकारले आर्थिक लगानी गरिरहेको सांसद खड्काले बताए ।

बैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाले छोटो समयमा सुविधासम्पन्न भवन निर्माण गर्न सबैबाट सहयोग रहेको बताए । उनले स्थानीय निर्वाचनमा आफूले बोलेको सबै कुरा काम गरेर देखाएको बताए । गाउँपालिका केन्द्र राख्न दुई वर्षअघि पाडुका १७ जना स्थानीयले ५५ रोपनी जग्गा दान गरेको भन्दै १७ जना जग्गाधनीलाई सम्मानसमेत गरिएको छ ।

पालिकाले दुई वर्षको अवधिमा गाउँपालिकाको मुख्य कार्यालयमा ८ कोठाको कार्यालय भवनसहित चारवाट वडा कार्यालय भवन निर्माण सम्पन्न गरेको छ । त्यसैगरी पालिकाको केन्द्र जोड्ने २७ वटा सडक निर्माण गरेको गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले बताए । उनका अनुसार दुई वर्षको बजेट विशेषगरी भौतिक संरचना र सडक निर्माणमा खर्च गरेको बताए । पालिकाले गाउँपालिकाभित्रका स्थानीय जनतालाई लक्षित गरी स्वास्थ्य, शिक्षा, खानेपानी, खेलकुद लगायतका क्षेत्रलाई समेटेर काम गरिरहेको बताए । पाँडुडाँडामा गाउँपालिकाले केन्द्रको तोकेर एक करोड ७५ लाख बजेट विनियोजन गरेर भौतिक संरचना निर्माणको काम सुरु गरेको थियो ।

गाउँपालिका आफैँले करिब तीन करोड बजेट विनियोजन गरेर निर्माण सुरु गरेको कार्यालय भवन र चिस्यान केन्द्र निर्माणको काम तीव्ररूपमा भइरहेको गाउँपालिकका प्रमुख इन्जिनियर युदिस्टी केसीले जानकारी दिए । त्यसैगरी पालिकाले नयाँ खालका स्वस्थ र शिक्षाका कार्यक्रम गरिरहेको छ भने खेती गर्न चाहने स्थानीय किसानलाई अनुदान दिएर कृषि क्षेत्रमा काम गरिरहेको सूचना अधिकृत विक्रम कार्कीले जानकारी दिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया