कृषिजन्य वस्तुको आयात बढ्यो, निर्यात घट्यो
झापा । पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तुको निर्यातभन्दा दुई गुणा बढी आयात बढेको छ । विगतमा भने यो नाका भएर कृषिजन्य वस्तुको निर्यात बढी हुने गरेको क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्यांकले देखाएको छ ।
चालू आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा चार अर्ब १९ करोड ६० लाख छ हजार रुपैयाँ बढीको कृषिजन्य सामग्रीको आयात भएको कार्यालयको तथ्यांकले देखाएको छ । सो अवधिमा नेपालबाट बंगलादेश, भारतलगायतका स्थानमा दुई अर्ब २४ करोड ९७ लाख पाँच हजार रुपैयाँको सामग्री मात्र निर्यात भएको कार्यालयका प्रमुख देविन्द्र शाहुले बताए । उनले नेपालमा सबैभन्दा बढी भटमासको ब्रान (पशु आहारका लागि) एक अर्ब ९२ करोड ४६ लाख ५० हजार रुपैयाँ, भटमासकै दाना (तेलका लागि) एक अर्ब छ करोड ४३ लाख ६४ हजार रुपैयाँको बङ्लादेशबाट आयात भएको बताए । मूल्यको हिसाबले दोस्रोमा इन्डोनेसियाबाट सुपारी आयात भएको देखिएको छ । तीन महिनामा ३४ करोड पाँच लाख ६१ हजार रुपैयाँको सुपारी आयात भएको छ ।
त्यसैगरी, भारतबाट ठूलो परिणाममा धान र चामल भित्रिएको छ । उनका अनुसार भारतबाट २३ करोड ९२ लाख रुपैयाँको धान र आठ करोड ११ लाख ६४ हजार रुपैयाँको चामल आयात भएको छ । तर, नेपालबाट भारत र बङ्लादेश अम्रिसोको कुचो निर्यात बढी भएको देखिन्छ । कार्यालयको तथ्यांकमा १६ करोड ३७ लाख ८० हजार रुपैयाँ मूल्यबराबरको अम्रिसो निर्यात गरेको देखिएको छ । यो नाकाबाट अलैँची, लसुन, मजिठो, अग्र्यानिक चिया, जडीबुटीजन्य पदार्थसमेत निर्यात हुँदै आएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सेयर बजार परिसुचक दुई हजार ५६ बिन्दुमा
- अमेरिकी पूर्वराष्ट्रपतिकै घरमा एफबीआईको छापा
- होन्डाको नयाँ मोटरसाइकल भारतमा सार्वजनिक
- गहुँ आयातमा लगाइएको अतिरिक्त शुल्क हटाउने तयारीमा भारत
- ४३ प्रकारका भुटानी वस्तुलाई बंगलादेशले बजार पहुँच दिने
- आणविक बम विष्फोटको ७७औँ वार्षिकी
- प्रभु लाइफको बिजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन सम्पन्न
- ग्लोबल आईएमई बैंक र माया मेट्रो अस्पतालबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया