Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालएनआरएनए र पिपुल्स लिगलबीच परामर्श सम्झौता

एनआरएनए र पिपुल्स लिगलबीच परामर्श सम्झौता


काठमाडौं, माघ १७
गैरआवासीय नेपाली संघ र पिपुल्स लिगल एसोसिएट्सबीच गैरआवासीय नेपालीलाई निःशुल्क कानुनी परामर्श दिने सम्झौता भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत डा. हेमन्त कुमार दवाडी र पिपुल्स लिगल एसोसिएट्सका प्रबन्धनिर्देशक अधिवक्ता रामचन्द्र पौडेल (आरसी विमल)ले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार गैरआवासीय नेपाली संघका सदस्यलाई पिपुल्स लिगल एसोसिएट्सले निःशुल्क कानुनी परामर्श दिनेछ ।

कार्यक्रममा उपस्थित नेपाल बार एसोसिएसनका महासचिव लिलामणि पौडेलले अनुभवी व्यक्तिहरुले सञ्चालन गरेको पिपुल लिगल एसोसिएट्सले प्रदान गर्ने कानुनी परामर्शले एनआरएनएका सदस्यलाई नेपालको कानुनका विषयमा सहज रुपमा जानकारी तथा परामर्श दिने विश्वास व्यक्त गरे । नेपालीका लागि नेपाली अभियानअन्तर्गत विदेशमा रहेका नेपालीलाई नेपालमा सहयोग गर्ने व्यवस्था मिलाउन निःशुल्क कानुनी परामर्श दिने सम्झौता गरिएको गैरआवासीय नेपाली संघका पदाधिकारी तथा युरोपका उपसंयोजक शुक्रराज न्यौपानेले बताए ।

न्यौपानको अग्रसरता नै पिपुल्स लिगल एसोसिएट्स र एनआरएनएबीच कानुनी परामर्श दिने सम्झौता भएको हो । कार्यक्रममा पिपुल्स लिगल एसोसिएट्सका प्रबन्धनिर्देशक पौडेलले गैरआवासीय नेपालीको आवश्यकताअनुसार नेपालको कानुनी विषयमा सम्झौताअनुसार निःशुल्क परामर्श दिइने प्रतिबद्धता व्यक्त गरे ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया