Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालशैक्षिक सुधार गर्न अक्षयकोष स्थापना

शैक्षिक सुधार गर्न अक्षयकोष स्थापना


काठमाडौं, माघ १७
जिल्लाको बैतेश्वर गाउँपालिका वडा नम्बर ८ स्थित क्षेत्रावती माविको शैक्षिक सुधार गर्न गाउका स्थानीयले ६ लाख बराबरको अक्षयकोष स्थापना गरेका छन् । विद्यालयको ५३औं वार्षिक उत्सव तथा २३औं अभिभावक दिवसको अवसरमा २ लाख ४२ हजार ५ सय ७५ नगद सहयोग प्राप्त हुनुका साथै ६ लाखबराबरको शैक्षिक अक्षयकोष स्थापना गर्ने घोषणा भएको हो ।

स्थानिय अगुवा ताराकुमार खड्का र विद्यालय व्यवस्थापन समिति सदस्य समेत रहेकी उनकी धर्मपत्नी लक्ष्मी खड्काले नगद १ लाख २१ हजार रुपैयाँ प्रदान गर्दै छिट्टै ५ लाखको प्रदान गरेर अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन् । यसैबीच स्थानीय अगुवा तक्त बहादुर जिरेलले पनि विद्यालयमा आफन्तजनको नाममा १ लाखबराबरको अक्षय कोष स्थापनाको घोषणा गरेका छन् । सोही अवसरमा जिल्ला समन्वय समिति सदस्य बिदुर शर्माबाट ५१ हजार र खुस बहादुर बस्नेतको तर्फबाट ३० हजार आर्थिक सहयोग पनि विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

स्कुलको बार्षिक उत्सवको अवसरमा सोही विद्यालयमा पढ्ने तीन जना अससाय बालवालिकाको अभिभावकत्व ग्रहण गर्दै पूर्वविद्यार्थीले आर्थिक सहयोग गरेका छन् । विद्यालयको वार्षिक उत्सव कार्यक्रममा स्थानीय अगुवा तथा व्यवसायी पुष्कर अधिकारी, भरतकुमार श्रेष्ठ र शान्तबहादुर जिरेलले स्वर्गीय कृष्णबहादुर सार्कीका तीन जना असहाय बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै उनीहरुले वर्षभरिको पठनपाठन खर्चस्वरुप विद्यालयलाइ २५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया