Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालछ महिनामा १६ प्रतिशत मात्र राजस्व संकलन

छ महिनामा १६ प्रतिशत मात्र राजस्व संकलन


महेन्द्र शाही
सोलुखुम्बु, माघ १९
सोलुखुम्बुको १ मात्र नगरपालिका सोलुदूधकुण्ड नगरपालिकाले चालू आर्थिक वर्षको आधा समय बितिसक्दा १६.१५ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । चालू आर्थिक वर्षमा १ करोड २३ लाख ९८ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको नगरपालिकाले ६ महिनामा जम्मा २० लाख ३३ हजार ३१ रुपैयाँ ४२ पैसा राजस्व संकलन गरेको छ ।

अघिल्लो आर्थिक वर्षको छ महिनामा नगरपालिको २४ लाख ८० हजार आठ सय ६२ रुपैयाँ ८२ पैसा राजस्व संकलन गरेको थियो । चालू आर्थिक वर्षको अहिलेसम्म सबैभन्दा बढी राजस्व घर नक्सा पासबाट संकलन गरेको छ । घर नक्सा पासबाट मात्रै नगरपालिको २ लाख ९९ हजार आठ सय ४७ रुपैयाँ ८४ पैसा राजस्व संकलन गरेको नगरपालिकाका सह–लेखापाल पेसा कुमारी खड्काले जानकारी दिइन् । उनका अनुसार नगरपालिको बालुवा, चिप्स, ढुंगा निकासीबापत १ लाख ६० हजार २ सय २१ रुपैयाँ ८३ पैसा राजस्व संकलन गरेको छ । त्यस्तै टेन्डर फारम बिक्रीबाट ६३ हजार, कार्यक्रम स्वीकृत दस्तुरबापत ४० हजार, घर नक्सा किताब बिक्रीबाट ७३ हजार, संस्था नवीकरणबाट ४७ हजार राजस्व संकलन भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले घरबहाल करबापत २९ हजार ९ सय ७१, योजना सम्झौताबाट ३६ हजार, घर नक्सा अभिलेखीकरण दस्तुरबापत ४४ हजार ३ सय ४३ रुपैयाँ राजस्व संकलन गरेको छ । त्यसैगरी मालपोतबापत ६० हजार १ सय ८१ रुपैयाँ, ठेक्का सूचीकृतबापत २६ हजार तथा संस्था दर्ताबाट आठ हजार राजस्व संकलन भएको जनाइएको छ । राजस्व संकलन कम हुनुमा भूकम्पको गुनासोबाट भूकम्प प्रभावितको थप नाम आउन बाँकी रहेकाले पनि राजस्व संकलनमा केही कम भएको सहलेखापाल खड्काको भनाइ छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया