Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाललेखिका भानुमती नरसिम्हनको ‘सीता–अ टेल अफ एन्सिएन्ट लभ स्टोरी’ पुस्तक विमोचन

लेखिका भानुमती नरसिम्हनको ‘सीता–अ टेल अफ एन्सिएन्ट लभ स्टोरी’ पुस्तक विमोचन


काठमाडौँ । लेखिका श्रीमती भानुमती नरसिम्हनको ‘सिताः अ टेल अफ एन्सिएन्ट लभ’ पुस्तक विमोचन भएको छ । आर्ट अफ लिभिङद्वारा शुक्रबार आयोजित एक सांगीतिक साँझमा उक्त पुस्तक विमोचन गरिएको हो ।

लेखिकाको साथै उनी मेडिटेसन टिचर, इन्टरनेसनल वुमन्स कन्फरेन्सको डाइरेक्टर र आर्ट अफ लिभिङको वुमन वेल्फेयर र बाल संस्कार विभाग प्रमुख पनि रहेकी छिन् । कार्यक्रममा नेपालको प्रथम महिला एवं महिला अधिकारकर्मी डा. आरजु राणा देउवाको प्रमुख आतिथ्यता र सरकारी सेवाका उच्च पदाधिकारीहरुसहित दुई सय ८० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले लेखिकासँग सीताको जीवनीबाट सिक्न सकिने नेतृत्व क्षमतासम्बन्धी गहन छलफल गरेका थिए । लंकाको राजा रावणबाट अपहरित भएपछि अशोकवाटिकामा टहल्दै गर्दा सीताको आफ्नै विगतका सम्झनाहरुको संगालोले पाठकलाई अन्तिमसम्म नै तानेर राख्छ ।

विभिन्न प्रकाशित पुस्तक तथा उपन्यासहरु, धार्मिक ग्रन्थहरुका कहानीहरु/किस्साहरु एवम् पुस्तौँदेखि सुन्दै÷सुनाउँदै आएको कहानीहरुलाई समेटेर पुस्तकमा लेखिकाले सरल रुपमा आफ्नो बुझाइहरु प्रस्तुत गरेकी छिन् । यो पुस्तकमा प्रतिभा कुमारीको १६ वटा आकर्षक इलस्ट्रेटिव चित्रहरु पनि समावेश गरिएको छ ।

मिथिला क्षेत्रकी प्रिय राजकुमारी सीता भारतीय इतिहासमा अत्यन्त सम्मानित नारी हुन् । उनको लोकप्रियताको बाबजुद पनि उनलाई कमैले मात्र बुझेका थिए । उनले सत्यलाई आत्मसात् गर्दै जीवनको हरेक संघर्षलाई आदर्शको साथ स्वीकारिन् । उनले जीवनमा धेरै त्याग गर्नुप¥यो तर उनी जहाँँ पुगिन् त्यहाँ कहिल्यै केही कुराको कमी भएन । यस्तो लाग्थ्यो उनको जन्म रामकै निम्ति भएको थियो । हरेक परिस्थितिमा रामप्रति सीताको समर्पण र सीताप्रति रामको प्रेम छचल्किन्थ्यो ।

पुस्तकको बारेमा बोल्दै डा. आरजु राणा देउवाले भनिन, ‘महिला अधिकारकर्मीको हैसियतले मैले जहिले पनि सीताको सहनशील र शान्त व्यक्तित्वमाथि प्रश्न उठाउने गर्दथेँ तर जब म बुझ्ने भएँ मैले महसुस गरेँ कि उनको शान्त र सहनशील स्वभावमा पनि बहादुरी थियो । आफूमाथि आइपरेको हरेक चुनौतीहरुलाई उनले साहस र बुद्धिमताको साथ सामना गरिन् । रावणजस्तो शक्तिशाली, धनी, पराक्रमी र बुद्धिमानले पनि उनको दृढता, सहनशीलता र साहसलाई जित्न सकेन । कलिलो उमेरमै उनले प्रदर्शन गरेको परिपक्वता र बुद्धिमत्ता सदैव उदाहरणीय छ ।’

यस पुस्तक पढ्ने जो–कोहीले मानव अवतारमा भगवान्को दर्शन पाउँछ । पुस्तकले जनकपुरको पर्यटन प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ ।
कथाशैलीको बारेमा लेखिकाले भनिन्, ‘सीताको जीवनप्रतिको बुझइ जहिले पनि स्वार्थरहित, करुणामय र सत्यवादी थियो । उनको नजरबाट उनकै कथाहरु प्रस्तुत गर्न पाउनु गौरवको कुरा थियो । ज्ञानले मानिसलाई आफ्नो भित्री आत्मासँग जोड्छ । पानीको थोपा जब समुद्रसँग मिल्छ, यो पनि समुद्र नै हुन्छ ।

 

सीताले रामसँग मात्र होइन, आफ्नो माता सुनयना र पिता जनकसँग, आफ्नो बहिनी उर्मिलासँग र प्रकृतिसँग पनि नजिकको सम्बन्ध राखेकी थिइन्  । उर्मिला पनि कथापछाडिको उत्तिकै बलियो पात्र हुन् र उनको बहादुरी र सहनशीलता पनि प्रसंशनीय छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया