Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालभ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनसम्बन्धी सामुदायिक शिक्षा कार्यक्रम

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनसम्बन्धी सामुदायिक शिक्षा कार्यक्रम


चितवन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको आयोजनामा चितवन जिल्लाको माडी नगरपालिका वडा नम्बर ३ मा रहेको माडी माध्यामिक विद्यालयमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनसम्बन्धी सामुदायिक शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ ।

कार्यक्रममा भ्रष्टाचार नियन्त्रण, सुशासन, भ्रष्टाचारको कारण, असर भ्रष्टाचार नियन्त्रणमा विद्यार्थी शिक्षक तथा शैक्षिक क्षेत्रको भूमिकाको सम्बन्धमा जानकारी दिइएको थियो । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको भ्रष्टाचारविरुद्ध विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने रणनीतिअनुसार चितवन जिल्लाको माडी क्षेत्रमा कार्यरत नागरिक समाज, शिक्षक, अभिभावक, विद्यार्थी र अन्य संघसंस्थालाई भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी सचेतना र शिक्षा प्रदान गर्ने, आयोगको काम कारबाहीको बारेमा सहभागीहरूलाई जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

विद्यालयका करिब एक सय जना विद्यार्थी, शिक्षक र अभिभावकको उपस्थितिमा सोमबार सम्पन्न कार्यक्रममा अख्तियार अनुसन्धान दुरूपयोग आयोगको कार्यालय हेटौंडाका कार्यक्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका उपसचिव विष्णु सापकोटाले ‘भ्रष्टाचार नियन्त्रणमा शैक्षिक संस्था तथा नागरिक समाजको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै कार्यालयका शाखा अधिकृत नरबहादुर आलेले भ्रष्टाचारको सैद्धान्तिक पक्ष र आयोगका काम कारबाहीको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा माडी नगरपालिकाका वडाध्यक्ष पुरन महतोले भ्रष्टाचार नियन्त्रणसम्बन्धी जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम निकै उपयोगी हुने हुँदा आयोगले यस्ता प्रवर्द्धनात्मक कार्यक्रमको संख्यालाई थप गर्दै जानुपर्ने बताए । कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय, नागरिक समाज र राजनीतिक दलका प्रतिनिधिहरू समेत गरी ८९ जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अतिथिहरूले भ्रष्टाचार न्यूनीकरणका लागि यस्ता खालका सचेतनामूलक कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्नुपर्ने तथा भ्रष्टाचारलाई जैरेदेखि निर्मूल पार्न सबैले पहल गर्नुपर्ने विषयमा जोड दिएका थिए । यसैगरी सहभागी विद्यार्थीमध्येबाट कक्षा १० का छात्रा करुणा विक र सोही कक्षाका विद्यार्थी शिव सुवेदीले बाल मष्तिष्कमा भ्रष्टचारको बारेमा अन्योलको अवस्थालाई यस कार्यक्रमले स्पष्ट पारेको बताउँदै यस्ता खालका कार्यक्रमहरूले निरन्तरता पाउनुपर्ने बताए । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया