Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमुक्तिनाथ फाउण्डेसनको शुभारम्भ

मुक्तिनाथ फाउण्डेसनको शुभारम्भ


काठमाडौं । मुक्तिनाथ फाउण्डेसनको विधिवत् शुभारम्भ भएको छ । सामाजिक तथा आर्थिक रुपले पछाडि परेका र पारिएका व्यक्ति तथा समुदायहरुलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रुपान्तरण गर्ने उद्देश्यले यो संस्था स्थापना गरिएको हो ।

मुनाफा वितरण नगर्ने संस्थाको रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा असोज १ गते दर्ता भएको यो संस्थाले लक्षित वर्गका व्यक्ति तथा समुदायलाई सबलीकरण गर्न एक सशक्त सामाजिक संस्थाको रुपमा कार्य गर्ने बताइएको छ । मंगलबार सम्पन्न एक औपचारिक कार्यक्रममा फाउण्डेसनले विधिवत् रुपमा कार्यारम्भको घोषणा गरेको हो । फाउण्डेसनका अध्यक्ष भरत राज ढकालले दीप प्रज्वलन तथा संस्थाको लोगो सार्वजनिक गरी कार्यक्रमको शुभारम्भ गरेका हुन् । कार्यक्रममा उनले फाउण्डेसनको स्थापनाको पृष्ठभूमि, उद्देश्य र औचित्यबारे जानकारी गराएका थिए । यो संस्थालाई गैरराजनीतिक, निःस्वार्थ र विशुद्ध सामाजिक संस्थाको रुपमा विकास गरी सबै लक्षित नागरिक र समुदायहरुको पहिलो रोजाइको संस्थाको रुपमा विकास गरिने उनले बताए ।

कार्यक्रममा संस्थाका सल्लाहकार भरत प्रसाद आचार्यले फाउण्डेसनको परिचय, सेवा प्रवाहको दायराहरु, शीघ्र सञ्चालन गर्ने कार्यक्रमहरु तथा भावी योजनाहरुबारे सहभागीहरुलाई जानकारी गराएका थिए । कार्यक्रममा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, संस्थापक भानुभक्त ढकाल, सल्लाहकार श्याम सुन्दर शर्मा, बैंकका संस्थापक अध्यक्ष खगेन्द्र राज रेग्मी र गायिका सुनिता दुलालले संस्थालाई आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।

यस्तै फाउण्डेसनको उद्देश्यमा सहभागी भई साथ दिन चाहने व्यक्ति तथा संस्थाहरुलाई सहभागिताको लागि आह्वान समेत गरिएको छ । यस फाउण्डेसनले साधारण सदस्य, संस्थापक सदस्य, आजीवन सदस्य (प्राथमिकता दिने) र मानार्थ सदस्यहरु थप गर्दै आफ्नो सेवालाई प्रभावकारी रुपमा सामाजिक रुपान्तरणको संवाहकको रुपमा देश व्यापी क्रमशः विस्तार गर्ने र रणनीति लिएको छ । यो संस्थाले आफूलाई एक पवित्र सामाजिक संस्थाको रुपमा विकास गर्ने प्रतिबद्धता समेत जाहेर गरेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया