Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालचेम्बर अफ कमर्स र लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले विद्यार्थीलाई छात्रवृत्ति दिने

चेम्बर अफ कमर्स र लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले विद्यार्थीलाई छात्रवृत्ति दिने


काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले स्नातक तह बीबीएम इ बिजनेस विषयमा अध्ययनरत ४९ जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएका छन्  । प्रत्येक प्रदेशमा बीबीएम इ–बिजनेस पढ्न चाहने एक जना छात्रालाई पूर्ण निःशुल्क, १४ जना विद्यार्थीलाई ट्युसन फिमा शतप्रतिशत र बाँकी २८ जनालाई ५० प्रतिशत छुट दिने गरी फाउन्डेसन र चेम्बरबीच समझदारीपत्रमा हस्ताक्षर (एमओयू) भएको हो ।

समझदारी पत्रमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल र फाउण्डेसनका अध्यक्ष पंकज जलानले हस्ताक्षर गरेका छन् । चेम्बरसँगको सहकार्यमा फाउन्डेसनले स्नातक तहको पढाइका एक करोड १७ लाख रुपैयाँ सहयोग गर्ने फाउण्डेसनका अध्यक्ष जलानले बताए । चेम्बरका अध्यक्ष मल्लले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई लक्षित गरी आर्थिक सहयोग उपलब्ध गराउने जानकारी दिए । लक्षित वर्गमा सो सहयोग रकम पुगोस् भन्नेमा चेम्बर सजग रहेको मल्लको भनाइ छ ।

सूचना प्रविधिको विकाससँगै अबको दिनमा इ–बिजनेस शिक्षा प्रभावकारी हुने जलानले बताए । खल्ती वालेटसँगको सहकार्यमा पढाइ पूरा गरेका विद्यार्थीलाई रोजगारी समेत उपलब्ध गराउने गरी समझदारीपत्रमा हस्ताक्षर भएको छ । खल्तीका प्रमुख कार्यकारी अधिकृत सीईओ विनय खड्काले इ–बिजनेसमा स्नातक तह पार गरेका विद्यार्थीलाई खल्तीले दुई वर्षसम्म सशुल्क इन्टर्नसिपको व्यवस्था गराउने बताए । समझदारीपत्र हस्ताक्षर समारोहमा चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल र शिक्षा समिति सभापति दिपक काजी तुलाधरको पनि सहभागिता थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया