Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालएकै दिन तीन योजना उद्घाटन

एकै दिन तीन योजना उद्घाटन



सोलुखुम्बु, माघ २१

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा एकै दिन तीनवटा योजनाको उद्घाटन गरिएको छ । गाउँपालिकाको वडा नम्बर ९ लोखिममा भएको कार्यक्रममा तीन वटा योजनाको एकैसाथ उद्घाटन गरिएको हो । जनसेवा माध्यमिक विद्यालयको चारकोठे आरसीसी भवन, वडा कार्यालयबाट कुरिमा जोड्ने सडक र तीनवर्षे बालीविज्ञान कक्षाको एकैसाथ उद्घाटन गरिएको हो । जिल्ला योजना कार्यान्वयन इकाइको ६३ लाखको लागतमा बनेको चारकोठे भवनको गाउँपालिका अध्यक्ष असिम राईले उद्घाटन गरे । सो भवनमा विद्यार्थीहरुका लागि होस्टल सञ्चालन गरिने विद्यालयले जनाएको छ । त्यस्तै प्रदेश सरकारको ७० लाखको लागतमा वडा कार्यलयबाट कुरिमा जोडने सडकको पनि आइतबार नै उद्घाटन गरिएको छ ।

सडक निर्माण भएपछि सो क्षेत्रका स्थानिय खुसी भएका छन् । सडक निर्माण भएसँगै गाउँपालिका तथा सदरमुकाम सल्लेरीसम्म नै सिधा सडक सवारी सञ्चालन हुने र आवतजावतमा सहज हुने स्थानीय विश्वराज तामाङको भनाइ छ । सडक नहुदा गाउँपालिका केन्द्र आउननै कुरिमाका बासिन्दालाई एक दिनसम्म हिँड्नुपर्ने बाध्यता रहेको थियो । सोही अवसरमा गाउँपालिकाले यस वर्षबाट जनता माध्यमिक विद्यालयमा सञ्चालन गरेको तीनवर्षे डिप्लोमा इन बालीविज्ञान विषयको पनि औपचारिक रुपमा उद्घाटन गरिएको छ । विद्यार्थीहरुले अध्ययन भने केही समय अघिदेखि नै गर्दै आएका थिए ।

अहिले बालीविज्ञान अध्ययन गर्ने नौ जना विद्यार्थी रहेको विद्यालयले जनाएको छ । योजनाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष राईले गाउँपालिकालाई समृद्ध बनाउन सबै क्षेत्रको विकास हुनुपर्ने भन्दै आफू त्यसतर्फ लागिपरेको बताए । शिक्षाविना कुनै पनि कुराको विकास नहुने भन्दै अध्यक्ष राईले घरकै ढिँडो र रोटी खाएर गाउँमा नै गुणस्तरीय शिक्षा पाउने वातावरण निर्माण गर्न लागिपरेको दाबी गरे  ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया