Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालबजार क्षेत्र दुर्गन्धित बन्दै

बजार क्षेत्र दुर्गन्धित बन्दै


धनबहादुर जप्रेल
महेन्द्रनगर, माघ २२
सरकारले व्यवस्थितरूपमा योजना बनाएर विकास गरेको सिटीका रूपमा रहेको महेन्द्रनगर बजार लामो समयदेखि फुटेका नालीहरूको मर्मतसम्भार नगर्दा बजार क्षेत्र दुर्गन्धित हुन थालेको छ । महेन्द्रनगर बजार क्षेत्रमा रहेका प्रत्येक गल्लीभित्र फोहोर बग्ने नालीहरू बनाइएका छन् । उक्त नालीहरू लामो समयदेखि मर्मतसम्भार नहुँदा ठाँउ–ठाँउमा फुटेका छन् । फुटेका नालीहरू भीमदत्त नगरपालिकाले समयमै मर्मत गर्नतिर ध्यान दिन नसक्दा बजारमा दुर्गन्ध फैलन थालेको छ ।

नालीनजिक बस्ने स्थानीयहरूलाई नालीबाट निस्कने दुर्गन्धले समस्या पारेको छ । नालीमाथि हिँड्दा खुट्टा नालीभित्र जाने डर हुने गरेको स्थानीय सूर्य बानियाँ बताउँछन् । ‘नाली फुटेर सरिया बाहिर निस्केका छन् । सरिया बाहिर निस्केर नालीमाथि हिँड्न नसकिने र कहिलेकाहीँ नालीमा परेर खुट्टासमेत काट्टिएका छन् ।’ बानियाँले भनिन् । नालीको मर्मत गर्नतिर सरकारले ध्यान नै नदिएको सूर्य बानियाँले बताए । यस्तै बजार क्षेत्रको हाइटेक चोकदेखि पूर्वतिर पनि नाली बनाइको छ । उक्त नाली ठाउँ–ठाउँमा फुटेको छ । फुटेको नालीमाथि स्थानीयहरूले फोहोर फाल्ने गर्नाले दुर्गन्ध सिर्जना भइरहेको स्थानीय खुशी चौधरीले बताए ।

“घर नजिकै नाली छ अगाडीको र पूर्वतिर दुवैतर्फ नाली छ दुवैतिरका नाली फुटेका छन्, दुर्गन्ध फैलिएर घरमा बस्नलागय नै छैन, समयमा नालीहरू मर्मत नगरिदिँदा फोहोरको नालीबाट दुर्गन्छ फैलिएको छ”, चौधरीले भनिन् । नालीहरूमा स्थानीय व्यापारीहरूले फोहोर फाल्ने गर्दा नालीको फोहोर बग्न नसक्दा नाली जमेर बजार क्षेत्र नै दुर्गन्धित भएको छ । गर्मीको समय र वर्षायाममा बढी दुर्गन्ध फैलिन थालेको हो । नालीको दुर्गन्धले गर्मी याममा विभिन्न प्रकारका रोगहरू निम्तिन सक्ने सम्भावना पनि रहने स्थानीय बताउँछन् ।

यस्तै नालीमाथिबाट बाटो काट्न खोज्दा नालीमा खुट्टा अड्केर आफ्नो जुत्ता च्यातिएको भीनपा १८ गोवरैयाका भवेन्द्र सिंहले बताए । “चार नम्बर गल्लीमा जान बाटो काट्दै थिएँ, खुट्टा नालीमा परेर खुट्टा निकाल्न खोज्दा जुता च्यातियो”, दृष्टिविहीन भवेन्द्र सिंहले भने । बजार क्षेत्रका प्रत्येक गल्ली र आसपासमा रहेका नालीहरू फाहोरमैला बगाउने नालीभन्दा पनि दुर्गन्ध उत्पादन गर्नै कारखानाका रूपमा चिनिएर महेन्द्रनगरको स्मार्ट सिटी तथा सरकारले बनाएको प्लानिङ सिटीलाई गिज्याउन थालेका आभाष हुन्छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया