Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालश्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति सात वर्षपछि पक्राउ

श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति सात वर्षपछि पक्राउ


कपिलवस्तु । श्रीमतीको हत्या गरी फरार रहेको अभियोगमा भारत सिद्धार्थनगर तहसिल नौगढ ग्राम धन्सा बस्ने ३० वर्षीय मुलायम चमार भन्ने सिकन्दर चमारलाई घटनाको सात वर्षपछि मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

सिकन्दरले आफ्नै श्रीमती २१ वर्षीया किसलावती चमारलाई लिएर कपिलवस्तु कृष्णनगर नगरपालिका–६ श्रीनगरस्थित ससुराली आएको अवस्थामा २०७१ फागुन ३० गते राति श्रीनगरस्थित खेतमा लगेर हत्या गरी आगो समेत लगाई भागी फरार भएका सिकन्दरलाई नेपाल आउँदै गरेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले कपिलवस्तु यशोधरा गाउँपालिका–६ रंगपुरमा फेला पारी पक्राउ गरेको हो ।

यसैबीच धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा वालिङ नगरपालिका–१० भकुण्डे डेरा गरी बस्ने पर्वत पैयु गाउँपालिका–५ घर भएका ३३ वर्षीय जितेन्द्र गुरुङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया