Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालअब नर्भिक पनि कोभिड–१९ खोप केन्द्र

अब नर्भिक पनि कोभिड–१९ खोप केन्द्र


काठमाडौं । निजी क्षेत्रका अस्पतालहरुले पनि कोभिड–१९ विरुद्धको खोपकेन्द्र सञ्चालन गर्नसक्ने सरकारको निर्णय कार्यान्वयनमा ल्याउँदै नर्भिक इन्टरनेशनल हस्पिटलले पनि बिहीबारदेखि खोप केन्द्र सञ्चालनमा ल्याएको छ ।

सरकारी स्वास्थ्य संस्थाहरुको सहकार्यमा खोपकेन्द्र सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य मन्त्रालयले तोकेको उमेर समूह र लक्षित वर्गका लागि दैनिक रुपमा खोपकेन्द्रबाट खोप लगाउने व्यवस्था गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए । साबिकको ज्वरो क्लिनिक परिसरमा व्यवस्थित ढंगले खोप अभियान सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको मिश्रले बताए ।

उनका अनुसार स्वास्थ्य मापदण्डहरुको पूर्ण पालना हुने गरी व्यवस्थित ढंगले खोप अभियान सञ्चालन हुनेछ । नर्भिकमा हाल कोभिशिल्ड र भेरोसेल गरी दुई खालका खोप उपलब्ध हुनेछन् । सर्वसाधारणले नर्भिकको खोप केन्द्रमा आएर सुरक्षित ढंगले खोप लगाउन सक्नेछन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया