Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालव्यवसायीको मानमर्दन नगर्न महासंघको चेतावनी

व्यवसायीको मानमर्दन नगर्न महासंघको चेतावनी


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पछिल्लो समय नारायणहिटी संग्रहालयमा क्याफ्टेरिया सञ्चालनसम्बन्धी विवादमा तानिएको बतास अर्गनाइजेसनको बचाउ गर्दै व्यवसायीको चरित्रहत्या र मानमर्दन नगर्न चेतावनी दिएको छ ।

मुलुकको अर्थतन्त्रमा ७० प्रतिशतभन्दा बढी हिस्सा राख्ने निजी क्षेत्रमाथि एकतर्फीरुपमा प्रहार भइरहेको महासंघको दाबी छ । महासंघले शुक्रबार एक विज्ञप्ति जारी गरी बतास अर्गनाइजेसनले सरकारले आह्वान गरेको टेन्डरमा कानुनी रुपमा सहभागी भई आवश्यक भाडा बुझाउने शर्तमा क्याफ्टेरिया सञ्चालनको अनुमति पाएको उल्लेख गरेको छ ।

सरकारी निकायले अनुमति दिएकोमा स्वाभाविक रूपमा निजी क्षेत्रले व्यवसाय गर्न खोज्नु कुनै गैरकानुनी र आपराधिक गतिविधि नभएको महासंघको दाबी छ । प्रक्रिया र कानुनविपरीत भएका गतिविधिमाथि राज्यले अंकुश लगाउने र कारबाही गर्ने कुरालाई महासंघले कहिल्यै बाधा नपु-याउने तर त्यसको सत्यतथ्य खोजी हुनुुपर्ने महासंघको भनाइ छ । ‘सञ्चारमाध्यममा आएका समाचारकै भरमा स्पष्टीकरणको मौकासमेत नदिई निर्माणाधीन संरचना भत्काइनु कदापि न्याय संगत होइन’, महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया