Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालजनकपुरका होटेलमा प्रदेश सांसदलाई विशेष छुट

जनकपुरका होटेलमा प्रदेश सांसदलाई विशेष छुट


काठमाडौं । जनकपुरमा सञ्चालित होटलहरूले प्रदेश दुईका सांसदहरूलाई विशेष छुट दिने घोषणा गरेका छन् । प्रदेशसभा बैठकमा प्रदेशको राजधानी र नामाकरणसम्बन्धी प्रस्तावमा भाग लिँदै केही सांसदले जनकपुरधाम महँगो रहेको टिप्पणी गरेपछि व्यवसायीहरूले छुटको व्यवस्था गरेका हुन् ।

जनकपुरधामलाई राजधानी बनाउने सम्बन्धमा केही सांसदहरूले नियतवश जनकपुरधामलाई बदनाम गराउन खोजेको भन्दै होटेल एसोसिएसन नेपाल प्रदेश नं. २, होटेल व्यवसायी तथा पर्यटन संघ र जनकपुरधाम उद्योग वाणिज्य संघले संयुक्तरूपमा प्रेस विज्ञप्ति जारी गर्दै जनकपुरधामका विभिन्न होटेलहरूमा सांसदहरूलाई लजिङ (बास)मा २५ प्रतिशत र फुडिङ (खाना)मा १० प्रतिशत छुट दिने घोषणा गरेका हुन् ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र कुमार महासेठले होल सिताशरण, वेलकम, मानकी, सिटी पार्क, राजदरवार, रामजानकी, अन्नपूर्ण, सीता पैलेस, बृन्दावल, शुभम, राजघराना, होटेल आनन्द, सिटी स्टार, रामा तथा परफेक्ट होटेलमा सांसदहरूले छुट पाउने बताए । आइतबार भएको प्रदेशसभाको बैठका वीरगञ्जका केही प्रदेशसभा सदस्यहरूले जनकपुरधाम महँगो भएको भन्दै प्रदेशको राजधानी वीरगञ्ज बनाउनुपर्ने तर्क गरेपछि यहाँका व्यवसायीले सांसदलाई विशेष अफर घोषणा गरेका हुन् । सोमबार बसेको प्रदेशसभाको बैठकले जनकपुरधामलाई नै राजधानी समेत कायम गरिसकेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया